पर्वको रुपमा विकास हुँदै खाना महोत्सव


कमल रायमाझी
भैरहवा,वैशाख ३ । नयाँ बर्षको अवशर पारेर सिद्धार्थ सडक खाना महोत्सव लाई निरन्तरता दिएका भैरहवाका व्यवसायीहरुले यसलाई फरक पहिचानका रुपमा विकास गरिरहेका छन् । यसको विकाससँगै यस क्षेत्रमा बसोवास गर्ने स्थानिय वासिन्दाहरुकालागि समेत सडक खाना महोत्सव उत्साह र नयाँ बर्ष मनाउने एउटा संगम स्थल बनेको देखिन्छ ।

 

महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेश नगरी यस सिद्धार्थनगरको गरिमालाई अझ उचाईमा पु¥याउनका लागी समेत नयाँ बर्षमा हुने सडक खाना महोत्सव निरन्तरता र पर्वको रुपमा विकास गर्दे जाने उत्घोषले समेत यहाँका वासिन्दालाई थप उत्साहित बनाएको छ ।

विगत बर्षमा जस्तै यस बर्षमा पनि भैरहवाबासीले सिद्धार्थ सडक खाना महोत्सवमा रमाईलो गरेर नयाँ बर्षको शुभारम्भ गरे । जसमा यस क्षेत्रका सबैजसो संघसस्था तथा व्यवसायीहरु र आम स्थानियबासीहरुको उल्लेखिय सहभागिता रहेको थियो । यस बर्षको सिद्धार्थ सडक खाना महोत्सवको आयोजना गरेको उद्योग व्यापार संगठन रुपन्देहीले समेत अपेक्षा गरे भन्दा बढी दर्शक तथा स्थानियबासीहरुको सहभागिता रहेपछि कार्यक्रमलाई थप विकास गर्दै अगाडी बढाउने जनाएको छ ।

“भैरहवा जाऔँ, सडकमै खाऔँ र सडकमै रमाआँै” भन्ने मूल नारामा रहेर गरिएको महोत्सवमा करिव २० हजारको सहभागिता रहेको थियो । विभिन्न समुदायका परम्परागत खानाहरुको समेत स्टल राखिएको थियो । जसमा गुरुङ, नेवारी, थारु, मगर गरी ५० वटा स्टल रहेको आयोजक उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले जानाकारी दिए ।

भैरहवाको देवकोटा चोक देखी पदमाश्री चलचित्र हलसम्म सडक छेउमा गरिएको सडक खाना महोत्सवले साना बालबालिका देखी युवा हँुदै वृद्धवृद्धा सम्मलाई तानेको थियो ।सडक खाना महोत्सवका साथै सांस्कृतिक तथा सांगीतिक प्रस्तुति समेत रहेको थियो । जसमा दर्शकहरुले बाटो छेउमा बसेर खानुका साथै मनोरञ्जन लिएको उद्योग व्यापार संगठनका सल्लाहकार चोपलाल आचार्यले बताए ।

स्थानीय क्षेत्रको महोत्सवलाई निरन्तरता दिनुका साथै पर्यटन प्रवद्र्धनलाई समेत अगाडी बढाउने उद्देश्य राखिएर गरिएको यो महोत्सवमा विभिन्न स्थानीय संघ सस्थाहरुको समेत सहआयोजकको भूमिका रहेको थियो । जसमा सिद्धार्थ होटल एसोशियशन, सिद्धार्थ एशोसियन अफ ट्राभल एण्ड टुर एजेण्ट ,मदिरा व्यवसायी संघ , होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रहेका छन् ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादन गरिएका स्थानिय खानाहरु समेत राखिएको थियो । जसले दर्शकहरुलाई आकर्षित गरेको छ । उद्योग व्यापार क्षेत्रको विकासकालागि अमुल्य योगदान दिएको उद्योग व्यापार संगठन रुपन्देहीले उत्साहका साथ आयोजना गरेको यो महोत्सवका कारण भैरहवा बासीलाई समेत एक ठाउँमा बसेर रमाईलो गर्ने अवसर समेत प्रदान गरेको छ । २०७३ सालको बिदाई गर्दे २०७४ सालको स्वागत गरेको सिद्धार्थ सडक खाना महोत्सवको उद्घाटन गदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बुद्धको नगरीमा गरिएको यो महोत्सवले अन्तराष्ट्रिय स्तरमा समेत पहिचान बनाउने बताएका थिए । उनले एकातिर लुम्बिनी आउने पर्यटकलाई मनोरञ्जन दिनुका साथै सीमाक्षेत्रमा रहेकाले भारतीय समुदायमा समेत लोकप्रियता कमाउने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमा लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रबिन्द्र धानुक, सिमा सुरक्षा बल प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बेनु प्रसाद पाठक, लुम्बिनी प्रेस क्लवका अध्यक्ष माधव ढुङ्गाना, नेपाल पत्रकार महासंघका सहसचिव कमल रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार