रुपन्देहीमा समानुपातिकमा कांग्रेस पहिलो


लुम्बिनीखबर
भैरहवा २९ मसिंर । प्रतिनिधिसभा सदस्य तर्फ रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा प्रत्यक्षमा जितेको नेपाली कांग्रेसले समानुपातिक तर्फ प्रतिनिधिसभामा भने पहिलो दल बनेको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य अन्तर्गत ३ सिट जितेको ने.क.पा.एमाले दोस्रो र संघिय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । समानुपातिक तर्फ पहिलो पार्टी बनेको नेपाली कांग्रेसले १ लाख १५ हजार ३ सय १९ मत प्राप्त गरेको छ । दोस्रो नेकपा एमालेले १ लाख १३ हजार ५ सय ८५ मत प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो पार्टी बनेको संघिय समाजवादी फोरम नेपालले ३७ हजार २ सय ९७, राष्ट्रिय जनता पार्टी नेपालले २० हजार ५ सय ८३, ने.क.पा.(माओवादी केन्द्र)ले १८ हजार ४ सय ९४, राष्ट्रिय जनमुक्ति पार्टीले ११ हजार ६ सय ७०, विवेकशील साझा पार्टीले ८ हजार ८ सय १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ६ हजार ९ सय ६१, नयाँ शक्ति पार्टी नेपालले १ हजार ८ सय ५७, राष्ट्रिय जनमोर्चाले १ हजार ६ सय ८६ एकीकृत राप्रपा(राष्ट्रवादी)ले १ हजार ३ सय ७७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय ६४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले बताए । समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यमा ४२ हजार १ सय ५९ मत बदर भएको भण्डारीले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा सदस्य तर्फ पहिलो बनेको नेकपा एमालेले १ लाख ५ हजार ७ सय ३१ मत ल्याएको छ । दोस्रो नेपाली कांग्रेसले १ लाख ३ हजार ६९ मत प्राप्त गरेको छ भने तेस्रो संघिय समाजवादी फोरम नेपालले ३४ हजार ७० मत प्राप्त गरेको छ ।

त्यस्तै ने.क.पा.(माओवादी केन्द्र)ले २० हजार ५ सय ६, राष्ट्रिय जनता पार्टी नेपालले १७ हजार ७ सय ५९, राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) ले ७ हजार ९ सय ४२, विवेकशील साझा पार्टीले ७ हजार ५ सय ८७, नयाँ शक्ति पार्टी नेपालले २ हजार १ सय १० र राष्ट्रिय जनमोर्चाले १ हजार ६ सय ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ८३, मत ल्याएको छ ।

रुपन्देहीमा समानुपातिक अन्र्तगत प्रदेशसभा सदस्य तर्फ ६५ हजार २ सय ३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुपन्देहीमा समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्यमा ४९ र प्रदेशसभा सदस्यमा २७ राजनीतिक दलहरुले उम्मेदवारी दिएका थिए ।

 

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार