चर्चामा दिपेशको बिदेश यात्रा


कमल रायमाझी
काठमान्डौ, ११ चैत । बिभिन्न सामाजिक कार्य बाट नेपालीको मन मनमा पुगेका उपराष्ट्रपती पुत्र दिपेश पुनको चर्चा अहिले बिदेश यात्राका बिषयमा रहेको छ ।


सधै सकारात्मक र अरुको सेवामा तल्लिन देखिने दिपेश अहिले उत्तर तिरको छिमेकी देश चिनमा पुगे पछि चर्चा थपिएको हो ।
उनले नेपालमा गरेका सामाजिक राजनिति कार्यले धेरैलाई प्रेणा दिएको बेला उनले चिनमा पुगेपछि सामाजिक सञ्चालमा व्यक्त गरेका बिचारहरुले नेपालीहरु लाई थप उत्साह थपेको छ ।


अहिले चिन भ्रमणमा रहेका पुनले विभिन्न क्षेत्रको यात्राका बिषयमा पोस्ट गरेका तस्विरमा नेपालको बिकास लाई कसरी अगाडी बढाउने र चिन जस्तै समृद्धी बनाउन सकिन्छ भन्ने आसय व्यक्त गरेका छन् ।
उनका विदेश यात्राका तस्विरहरु बाट नेपालीहरुले समेत बिदेशमा भएका बिकास र यहाँको सबलताको पक्षमा सिक्ने मौका दिएको बुद्धिजिबिहरु बताउछन् ।
उनले हिजो जनयुद्ध बाट प्राप्त उपलब्धीलाई चिनमा जस्तै प्रयोग गरेर नेपालीहरुको भबिष्य उज्ज्वल र समुन्नत बनाउन सकिने भावहरु समेत चिन भ्रमणमा पोस्ट गरेका पुनका तस्बिरहरुले बोलेको अनुमान लगाउन सकिन्छ ।
पुनको चिन भ्रमण र उनले भ्रमणका बिषयमा पोस्ट गरेका तस्विरहरु हेर्दा चिनको बिकास बाट  नेपालले प्रतिक्षा गर्ने बेला आएको छ।

यसमा तपाइको मत

राजनीति बाट अन्य समाचार