सञ्चारिका लुम्बिनीमा नयाँ नेतृत्व


लुम्बिनीखबर
बुटवल, पौष । महिला पत्रकारहरुको समुह सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा राष्ट्रिय समाचार समितीमा कार्यरत पत्रकार निरु गौतम निर्बाचित भएकीछन् ।
सो समूहको उपाध्यक्षमा सगरमाथा टेलिभिजनका बुटवल संबाददाता मिना ढकाल र महासचिबमा रेडियो मुक्तिका सदस्य बिन्दु थापा निर्बाचित भएको छ ।


यसैगरी समूहको सचिबमा लुम्बिनी टेलिभिजनमा कार्यरत अस्मिना पाण्डे र कोषाध्यक्षमा दैनिक पत्रका लेखक कान्ति चुँदाली निर्बाचित भएका छन् ।
सदस्यहरुमा रेडियो लुम्बिनीका शारदा शाही, लेखक इन्दिरा भण्डारी, बुद्ध टेलिभिजनका सञ्जु पौडेल, रेडियो रिपब्लिकमा कार्यरत छाँया पन्थ, रेडियो नमस्तेका फुलु सुनार, न्युज ट्वान्टिफोर टेलिभजनका संबाददाता सरिना मरासिनी ,रेडियो सैनामैनाका अम्बिका परियार र दैनिक पत्रमा कार्यरत पुजा पन्थी निर्बाचित हुनुभएको निर्बाचन समितीका संयोजक रेखा भुसालले जानकारी दिईन् ।
अधिबेशनको एक समारोहकाबिच प्रदेश ५ का उपसभामुख कुष्णी कुमारी थारुले उद्घाटन गर्दै महिला शशक्तिकरण र अधिकारका लागि महिला सञ्चारकर्मिहरुको भूमिका बिशेष हुने बताईन् ।
कार्यक्रममा पत्रकार महासंघका पुर्ब अध्यक्ष बालकृष्ण चापागाइ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले पत्रकारितामा महिला सहभागिता र सक्रियता प्रशंसनिय रहेको भन्दै थप क्षमता र बिकास र सहयोगका लागि महासंघ तयार रहेको बताए ।
संस्थाका अध्यक्ष अमृता अनमोलको अध्यक्षतमा भएको कार्यक्रममा महासचिब मिना ढकालले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष कान्ति चुँदालीले आर्थिक आय ब्यय विबरण प्रस्तुत गरेकी थिईन् । सोही अवसरमा पत्रकारिता मार्फत महिला शसक्तिकरणमा भूमिका खेलेको भन्दै सञ्चारिका सम्मान २०७३ बाट अग्रज पत्रकार दुर्गा पौडेल, ०७४ बाट अग्रज पत्रकार माया गौतम र ०७५ बाट अग्रज पत्रकार इन्दिरा अर्याललाइ सम्मानपत्र र जनही ५ हजारले सम्मान गरिएका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार