पल्लवी द्धारा कपडा बितरण


असलम खान
मर्चवार, ९ पुस । जिल्लाको विगत क्षेत्र मर्चवारमा समाजसेवी पल्लबी शुक्ला द्धारा गरिव तथा बिपन्न र एकल महिलाहरुलाई कपडा बितरण गरिएको छ ।
समाजसेवी शुक्लाले मर्चवारका बिपन्न बस्तीहरुमा पुगेर महिलाहरुलाई सारि बितरण गरेको समरीमाई गाउँपालिका मर्चवारका स्थानियहरुले बताएका छन् ।
आफ्नो दैनिक खर्चलाई कमगरि बचत गरेको रकम बाट एक सय भन्दा बढि महिलाहरुलाई सारी बितरण गरेको शुक्लाले बताएकी छिन् ।
प्रदेश सभा निर्वाचनमा एमालेको तर्फ देखी मर्चवार क्षेत्रबाट उम्मेदवार समेत बनेकी शुक्लाले बिगत देखी मर्चवारको बिकास र बिशेस गरि महिलाको पक्षमा काम गर्दै आईरहेकी छिन् ।
उनले सारि बितरण कार्यक्रममा स्थानियहरुलाई सबै प्रकारका सहयोगका लागी आफु प्रतिबद्ध रहेको बताउदै आगामी दिनमा पनि जनताको साथमा नै रहेर काम गर्ने बताएकी हुन ।
सारि बितरण कार्यक्रममा सञ्चारकर्मी, समाजसेवी तथा बुद्धिजिविहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समरीमाई गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती केवटको अध्यक्षता तथा गाउँपालिका प्रमुख बव्लु शुक्लाको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
इप्रका मर्चवारका प्रमुख प्रहरी निरिक्षक पोषण राज ढकाल ,सशस्त्र प्रहरी वल बेस क्याम्प करौताका प्रमुख बासुदेव कुवंर, वडा अध्यक्ष सत्यनाराण केवटको उपस्थितमा कार्यक्रम भएको थियो ।
अलाउद्धिन खानंको सञ्चालन तथा शेष नाथ यादबको को स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

राजनीति बाट अन्य समाचार