युवा उद्यमी उप्रती पूर्णिमाको अध्यक्ष


कमल रायमाझी
भैरहवा, १२ पुस । यस क्षेत्रमा सफल व्यवसायीका रुपमा स्थापित युवा उद्यमी सुरज उप्रती पूर्णिमा बिकास बैकंको अध्यक्षमा चयन भएका छन् ।
भैरहवामा केन्द्रिय कार्यालय भएको यस बैंकको रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक उप्रतीलाई चयन गरिएको बैंकको सुचना शाखाले जानकारी दिएको छ ।
सञ्चालक समितिको पुस ६ गते बसेको १ सय ८७ औ बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकास गुरुङले लुम्बिनीखवरलाई बताए ।
तत्कालिन अध्यक्ष निधानचन्द्र श्रेष्ठको देहावसान पश्चात रिक्त रहेको पदमा उप्रेतीलाई चयन गरिएको हो ।
चयन पश्चात नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोक कुमार पौडेलले पूर्णिमा बैंकका नया अध्यक्ष उप्रतीलाई एक कार्यक्रम गरि पद तथा गोपनियताको सपथ ग्रहण गराएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अध्यक्षमा चयन भएका युवा व्यवसायी उप्रेतीको उद्योग, व्यापार तथा शिक्षा र बैकिङ क्षेत्रमा लगानी रहेको छ ।
त्यस्तै पूर्णिमामा संस्थापक शेयरधनीका तर्फ बाट सञ्चालक पदमा लोकनाथ नेपाललाई मनोनित गरेको छ ।
भैरहवामा मुख्य कार्यालय रहेको पूर्णिमा बिकास बैंक यस क्षेत्रका जनता माझ लोकप्रिय बैंकको रुपमा परिचित रहेको छ ।
नेपाल राष्ट्र बैंक द्धारा “ख” बर्गमा सूचिकृत यस बैंकको रुपन्देही, नवलपरासी र चितवन कार्यक्षेत्र हो ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार