राममणि बहुमुखी क्याक्पसमा साङ्गीतिक कुर्ची दौड प्रतियोगिता सम्पन्न


पौष सोमबार । मणिग्राम, रूपन्देही ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (सोमबार) छात्रातर्फ साङ्गीतिक कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।


क्याम्पसको स्नातक तहका विभिन्न कक्षामा अध्ययनरत ५८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको कार्यक्रममा वी.एड. दोस्रो वर्षका सङ्गीता भण्डारी प्रथम हुनुभएको छ । प्रतियोगितामा वी.एड. पहिलो वर्षका अस्मिता कण्डेल द्वितीय हुनुभएको थियो भने वी.वी.एस. पहिलो वर्षका मीना पुरी तृतीय हुनुभएको थियो ।
विजयी तथा उपविजयी खेलाडी विद्यार्थीलाई प्रशंसापत्र र ट्रफी प्रदान गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीको बहुआयामिक विकाशका लागि अतिरिक्त क्रियाकलापलाई महत्वका साथ सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रम क्याम्पसका उप–प्राध्यापक माया घिमिरेको संयोजकत्व तथा मधुसुदन खनालको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार