लुम्बिनी फुड फेस्टीभलमा २५ सय भन्दा बढी विदेशी गरी १० हजार सहभागी


लुम्बिनीखबर
भैरहवा, पौष । पुस १६ गते लुम्बिनीमा सम्पन्न फुड फेस्टीभलमा थाइल्यान्ड, कम्बोडियन, चाईनिज, श्रीलंकन, जापनिज, भारतीय, इंग्ल्यान्ड लगायत विभिन्न विदेशी मूलकका नागरिकहरु स्वतः स्फूर्त रुपमा सहभागी भएका छन् ।


फुड फेस्टीभल आयोजक संस्था सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाका उपाध्यक्ष गोबिन्द ज्ञवालीका अनुसार उक्त कार्यक्रममा विदेशी मात्रै २५ सय भन्दा बढी रहेका छन् । लुम्बिनीखबरसंग ज्ञवालीले भने , ‘हाम्रो अन्दाजमा १० हजार भन्दा बढी सहभागी थिए । त्यसमा २५ सय भन्दा बढी विदेशी मात्रै थिए । ’
महिलवार बजारमा सम्पन्न फुड फेस्टीभलमा गंगटो, घोगी, लिट्टीचोखा देखी लिएर थाईस्वीट, जापनिज, कम्बोडियन, चाईनीज लगायत विभिन्न देशका परिकाहरु सहितको ७५ स्टलले सडकमै खान बेच्न राखेमा सबै सकिएको सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी शाखाका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।
‘लुम्बिनी जाआंै, सडकमा खाऔं, सडकमै रमाऔ’ भन्ने मुख्य नारा सहित अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागतमा ७ औ पटक आयोजित सडक खाना महोत्सवले पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भूमिका खेलेको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।
उक्त महोत्सवको उद्घाटन गदै होटल एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष अमरमान शाक्यले निजी क्षेत्रबाट आयोजना हुने यस्ता मेला महोत्सवलाइ राज्यले अपनत्व लिएर सहयोग गर्नुपर्ने बताए । उनले होटल व्यवसायीलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने समेत बताए ।
उद्घाटन सत्रमा राष्ट्रिय सभा सदस्य दुर्गा प्रसाद उपाध्यय, प्रदेश सांसद फकरुद्धिन खान, लुम्बिनी सास्कृतिक नगरका प्रमुख मनमोहन चौधरी लगायतले बोल्दै विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई अझै व्यवस्थीत गर्नुपर्नेमा विचार राखे । उनीहरुले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा होटल व्यवसायीले खेलेको भूमिका प्रशंसनीय रहेको समेत जनाए । सो अवसरमा विभिन्न सास्कृतिक कार्यक्रम समेत गरिएको थियो । सडक खाना महोत्सवमा सहभागी हुन विदेशी सहित नेपालका नवपरासी, चितवन, कपिलवस्तु र रुपन्देहीका विभिन्न भागबाट समेत नेपालीहरु सहभागी भएका थिए ।

यसमा तपाइको मत

लुम्बिनी बिषेश बाट अन्य समाचार