एलआइसि नेपालको ५० औ शाखा भैरहवामा


इलुम्बिनीखवर
भैरहवा, २३ पुस । लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड नेपालले आफ्नो ५०औ शाखा आज भैरहवामा स्थापना गरेको छ ।


शाखाको सोमवार कर्पोरेसनका कार्यकारी प्रमुख अभिजित घोस दोस्तिदारले उद्घघाटन गरेका छन् ।
नेपाल लगाएत बिश्वको २२ देशमा रहेको यस कर्पोरेसन नेपालको इन्स्योरेन्स सेक्टरको पहिलो करदाता पनि हो ।
जीवन रहदा पनि र जीवन पश्चात् पनि बिमा सबैका लागी आवस्यक रहेको हुदा मुलुकका ठुला देश जस्तै चीन ,भारत जतिकै जनसंख्या अर्थात ३५ करोड मानिस हरुको बिमा रहेको उद्धघाटन कार्यक्रममा कार्यकारी प्रमुखले बताए ।

शाखा प्रबन्धक मेघराज खनाल सन्चालनमा रहेको कार्यक्रममा बुटवल शाखा प्रमुख सुर्य जिसि ,एजेन्सी म्यानेजरहरु गोबिन्द गिरि ,सुजित शर्मा ,बिन्दाचल चौधरी, बिन्दाचल यादब ,संगम नौपाने , स्याम थापा छेत्री , प्रभा ज्ञवाली ,भुपेन्द्र चन्द्र यादब लगाएतको उपस्थित थियो ।
उदघाटन कार्यक्रममा उद्योग बाणिज्य संघ सिदाथनगरका महासचिव नेत्र आचार्य ९२ बर्षिया बयोबृद्ध गिरि धारि काफ्ले लगायत उद्योगी ब्यापारी लागायतको उपस्थिती रहेको एलआईसी नेपालले जनाएको छ ।
जीवन बीमामा विश्वव्यापी ख्याती कमाएको एलआईसीले नेपालमा ५० शाखाहरु र ४१ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ताहरु मार्फत बीमा सेवा दिइरहेको छ ।एल.आई.सी. नेपाल “बेस्ट ब्राण्ड लिडरसिप अवार्ड– २०१८” बाट सम्मानीत भएको कम्पनी रहेको छ ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार