गल्फ ब्राण्डका लुब्रिकेन्टस भैरहवामा


कमल रायमाझी
भैरहवा, पुस । नेपाल ल्युब ओईलले गल्फ ब्राण्डका लुब्रिकेन्टस तथा केमिकलहरुको उत्पादनका बिषयमा भैरहवा डिलर मिट गरेको छ ।


गल्फ इन्डस्ट्रिज टेक्निकल मिट २०१९ नाम दिएर राखिएको डिलर मिटमा यस क्षेत्रमा उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बि२बि प्रप्रोजमा गल्फ ब्राण्डका लुब्रिकेन्टसका बिषयमा जानकारी गराईएको थियो ।
जसमा सिमेन्ट उद्योग, स्टल उद्योग, मिलहरुका व्यवस्थापक, प्राविधिक र बजार प्रमुखहरुलाई लुब्रिकेन्टसका विषयमा नेपाल ल्युब ओईलका बिषेशज्ञहरुले जानकारी गराएका थिए ।


यसको फाईदा तथा उद्योगमा कम लागतमा प्रयोग गर्न सकिने तरिकाहरु समेत सिकाईएको नेपाल ल्युब ओईल लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीका बिषेशज्ञ जास्मीट सिंह र शुसिल कुमार शर्माले गल्म ओइल लुब्रिकेन्टको औद्योगिक बजार, प्रबिधिक क्षेत्रमा यसको बिशेस्ता, कम्पनी संग यसको सम्वन्ध, फिलिट, बेरिङ र लुबको बारेमा बताएका थिए ।


उनिहरुले गल्फ ओईलले उद्योगहरुका मेसिनहरुमा पुराउने सहयोगका बिषयमा समेत जानकारी दिएको हुन ।
सिद्धार्थनगर नगरपालिकी उपप्रमुख उमा काफ्लेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ अध्यक्ष कुल प्रसाद खनालको बिशेस आथित्यता रहेको थियो ।
पत्रकार तथा स्थानिय सरोकारवालाहरुको समेत सहभागि कार्यक्रममा कम्पनीका तर्फ बाट शिब प्रसाद तिवारीले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार