पैसा नहुदां सैनामैनाको १४ बर्षिय अस्मीताको उपचार हुन सकेन


टिका खरेल
सैनामैना, माघ । औषधी उपचार गर्ने पैसा नहुदां १४ बर्षिय अस्मीताको उपचार हुन सकेको छैन । बढेकी छोरीको उपचार गर्न नसक्दा उनका बुबा आमा दिनभर रोएर बस्ने गरेका छन् ।


सैनामैना नगरपालिका वडा नम्बर ३ पुष्पा नगर टोल बस्ने कुन्ति थारुको १४ वर्षिय छोरी अस्मिता थारुलाई उपचार गर्न पैसा नहुदा ९ बर्षदेखी टाउकोको रोग पालेर बस्न बाध्य भएकी हुन् ।
अस्मिता ५ वर्षको उमेर हुदाँ उनले साइकल चलाउने क्रममा दुर्घटनामा परि आफनो खुट्टा भाचिएको थियो भने टाउकोमा गम्भीर चोट लागेको थियो । सोही समयमा उपचार गर्न प्राप्त आर्थिक नहुदाँ उनको खुट्टाको घाऊ त निको भयो तर टाउकोमा लागेको चोट निको हुन सकेन ।
दैनिक ज्यालादारी काम गर्ने उनका बुबाआमा यतिबेला छोरीको टाउको भएको घाउको कारण हुने पीडा देखेर अत्यन्तै पीडित बन्दै आएका छन् । बुबा श्रीराम थारु भन्छन, ‘दिनभर अर्काकोमा काम गर्न गयो । सांझ घर आउदा छोरीको पीडा देख्दा झन मन कुडिन्छ । के गर्नु गरिबको भाग्य यस्तै रहेछ । ’
ज्यालादारी गरेर कमाएको रकमले विभिन्न अस्पताल पुराएको भएता पनि रकम प्रायाप्त नहुदां राम्रा अस्पतालमा लग्न नसकेको थारुले बताए । अहिले सम्म अस्मीताको उपचारमा साढे २ लाख खर्च भईसकेको छ ।
डाक्टरले छोरीलाई टाउको सम्बन्धी न्यूरोमा लैजान सुझाव दिएता पनि आर्थिक अभावले गर्दा विगद एक वर्ष देखी घरमै स्वयम आफै संरक्षक बनि अस्मीताको हेरचाह गरिरहेको आमा कुन्तीले बताईन् । अस्मतिाको बुबा पनिे अपाङग छन । तर पनि उनले बुटवल औधोगिक क्षेत्रमा मजदुरीको काम गरि दुई छोराछोरी अनि श्रीमती र आफु पालिएको छन ।

अस्मीताको उपचारकोलागी सैनामैना नगरपालिकाले अहिले सम्म ५ हजार र न्यूनतम शुल्कमा उपचारका लागी सिफारिस गरि सहयोग गरेको कुन्तीको भनाई छ । अस्मीताको परिवारले उपचारमा सहयोग गर्न सबैलाई अपील गरेको छ ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार