भैरहवामा तेक्वान्दो प्रतिस्पर्धा



रुबिना थापा
भैरहवा, १९ फागुन । भैरहवा तेक्वादो क्लब रुपन्देहीले पाँचौ इन्टर क्लब तेक्वान्दो च्याम्पिनसिप २०१९ सम्पन्न गरेको छ । च्याम्पिनसिप कार्यक्रममा जिल्ला भरीका क्लब तथा विद्यालयहरुको सहभागी रहेको क्लबको सूचना शाखाले जानकारी दिइएको छ । च्याम्पेनसिप प्रतियोगितामा १५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा पहिलो , दास्रो , तेस्रो हुनेलाई सुवर्ण पदक , रजत पदक र काश्य पदकबाट सम्मान गरिएको थियो । रुपन्देही लगायत नवलपरासी जिल्लाबाट समेत २ क्लब सहभागी रहेका थिए । पदक वितरण तथा समापन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा भैरहवा तेक्वान्दो डोजाङका संस्थापक जगनलाल श्रेष्ठ , शिवकुमार धवल , रमेश कुवर , दिपक श्रेष्ठ , मोहित साठिया , रामजी यादव , राजकुमार पाण्डे रामवरण , राजिब सिंह क्षेत्र , मदन थापा , दिपशु श्रेष्ठ , सुरेश पाशवानको सहभागीता रहेको थियो । भैरहवा तेक्वान्दो दोजाङको प्रशिक्षक प्रकाशमान राज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम विभिन्न व्यक्तिहरुले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार