दुर्घटना नियन्त्रणका लागी अभियान्ता


भैरहवा, २० फागुन । जिल्लामा रहेका सिमेन्ट फ्याक्ट्रीहरुमा क्लिङकर बोकेर आउने ट्रिपर तथा अन्य टुवानी बोक्ने ट्रकहरुले ओभर लोड र हेलोजन लाईट आंतकका कारण स्थानियहरुलाई सास्ती भएको छ ।
जसका कारणले रुपन्देहीमा टिपर र ट्रकले दुर्घटनाको दर समेत बढाएका छन् । यस्ता दुर्घटनाहरुको न्युनीकरण नहुदा दैनिक जसो आम सर्वसाधरणहरु मृत्युको मुखमा पुग्न पर्ने बाध्यता देखिएको छ ।
तिब्रगतीमा गुड्ने ट्रिपरहरुले स्थानियहरुलाई आंतकित बनाएपनि स्थानिय प्रशासन भने मौन बसेको भन्दै जिल्लामा रहेका सामाजिक अभियान्ताहरुले दुःख व्यक्त गरेका छन् ।
ट्रिपर आंतक रोक्ने भन्ने प्रशासनले बिभिन्न रणनिति टाईम कार्ड, ओभर लोड नियन्त्रण र अनुगमन गरेको भनेपनि यो प्रचारमुखी भएको तर कार्यन्वयनमा नआएको भन्दै अभियान्ताहरुले स्थानिय प्रशासनलाई प्रेस बिज्ञप्ती मार्फत ध्यान आर्कषण गरेका छन् ।
सामाजिक अभियान्ता प्रख्यात बञ्जाडे मार्फत पे्रषित प्रेष बिज्ञप्तीमा टाईम कार्ड अनिवार्यरुपमा पालना हुनुपर्ने,अनावश्यक रुपमा प्रयोग भएको हेडलाईट (–हेलोजन लाइर्ट) बन्द गर्नुपर्ने, सवै सवारी साधनको गती नियन्त्रण, प्रेसर हर्न हटाउनुपर्ने, जेब्रा क्रसिङमा सेतो रंग अनिबार्य देखिनुपर्ने, मोडिफाई गरिएको मोटरसाईलहरुलाई नियन्त्रण तथा जफत गर्नु पर्ने जस्ता माग राखी ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारी तथा संघिय प्रहरी कार्यालय लुम्बिनीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेश कुमार लाल कर्ण र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक ह्दय थापा लाई बुझाईएको छ ।
यस बिषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियान्ताहरुको मागलाई सम्बोधन गरिने बताउदै कानुन उल्लङघन गर्ने सवारी साधनलाई कडाका साथ कार्वाही गरिने बताएको छ ।
स्मरणहोस सामाजिक अभियान्ताको नेतृत्व गर्दै प्रख्यात बञ्जाडेले बिगत पाचँ बर्ष अगाडी पनि दुर्घटना नियन्त्रण गर्नका लागी ओभर लोड हुने ढुवानी साधनका ढाला नियन्त्रणमा भुमिका खेलेका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार