स्वर्ण महोत्सवको शुभकामना


कमल रायमाझी
भैरहवा क्षेत्रमा शैक्षिक विकासको महत्वपूर्ण भूमिका खेलेको भैरहवा बहुमुखी क्याम्पस सवैको श्रद्रा र उच्चो गरिमा रहेको क्याम्पस हो । यस क्याम्पसले आफू जन्मेको ५० औँ वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउदै गर्दा त्यहाँ अध्ययनरत विद्यार्थीहरु , पूर्व विद्यार्थीहरु , प्रध्यापक , कर्मचारीहरु शुभ चिन्तकहरु वीच स्वर्ण महोत्सवमा शुभकामना आदान प्रदान तथा खुसीयाली छाएको छ । यस क्याम्पसले उत्पादन गरेको जनशक्तिहरु आज नेपालको राजनितिक तहदेखि कर्मचारी र सुरक्षा निकायको उपल्लो तहमा रहेर सेवारत रहेका छन । शैक्षिक क्षेत्रमा समेत यस क्याम्पसको उत्पादनले राज्यलाई ठूलो टेवा पु¥याएको छ । राजनितिक नेताहरु बामदेव गौतम देखि सागर प्रताप राणा सम्म यस क्याम्पसले पढाएका विद्यार्थीहरु हुन् । नेपाल राष्ट्र बैंक भैरहवा शाखाका व्यवस्थापक अशोक पौडेल देखि नेपाल प्रहरीका पूर्व महानिरक्षक कुवेर सिंह रानालाई समेत यही क्याम्पसले सिकाएको हो । आफ्नो जन्मको ५० औँ वर्ष मनाइ रहदा यस क्याम्पसले हजारौँ योग्य विद्यार्थीहरुलाई समेत गुणस्तर शिक्षा प्रदान गरी देश विदेशको सेवामा अब्बल बनाएको छ ।
हिजोको परम्परावादी शिक्षा प्रदान गरेको यस क्याम्पसले आज सम्म आइपुग्दा आधुनिक टेक्नोलोजीको प्रयोगले विद्यार्थीलाई अन्तराष्ट्रिय शिक्षा प्रदान गरिएको छ । अहिले क्याम्पसमा पढाइ हुने बी.बी. ए . , बी.बी.एम . , बी. ए. सी. जस्ता विषयहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार विद्यार्थीलाई पढाइ राखेको छ । शिक्षक , कर्मचारीलाई समेत समयको माग अनुसार परिमार्जित गर्दै विभिन्न तालिम र नयाँ प्रविधि मार्फत सिपयुक्त बनाउदै आधुनिकतामा ढालेको छ । क्याम्पसको भौतिक संरचना देखी अतिरिक्त क्रियाकलापहरुलाई समेत क्याम्पसले समयको माग अनुसार अगाडी बढाएको छ । बिकासको लागि पेपरलेस प्रविधि मार्फत शिक्षा प्रदान गर्ने माध्याम भैरहवा क्याम्पसले बनाएको देखिन्छ । आधुनिक इलाईबे्ररी, लाईब्रेरी, बिज्ञान प्रयोगशाला, प्रोजेक्ट वर्क जस्ता माध्याम बाट बिद्यार्थीहरुलाई क्याम्पसले शिक्षा दिईरहेको पाईन्छ । जसले निरन्तरता पाएको छ । जुन समयको अपेक्षा हो । अहिले बिश्व एप्सले चल्ने भैसकेको छ । यहाँ अध्ययन गर्ने बिद्यार्थीहरुलाई पनि झन्झटिलो र घुमाउरो पाराले शिक्षा प्रदान गर्नू भन्दा पेपरलेस माध्याम बाट नयाँ टेक्नोलोजिको प्रयोग गर्दै अग्रगामी कदम चाल्नु पर्ने देखिन्छ । हिजोको सामान्ती र परम्पराबादी शिक्षाको अन्त्य गर्दै अन्तराष्ट्रिय मापदण्ड अनुसारको शिक्षा प्रदान गरिरहेको भैरहवा क्याम्पसले बिश्वलाई नेतृत्व गर्न सकोस भन्दै स्वर्ण महोत्सवको अवसरमा मेरो यहि छ शुभकामना ।

लेखकः भैरहवा बहुमुखी क्याम्पसका पुर्व स्ववियु उपसभापती तथा हाल नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव हुनुहुन्छ

यसमा तपाइको मत

विचार बाट अन्य समाचार