अखिल क्रान्तिकारीको भैरहवा क्याम्पस


कपिल चापागाई
नेता
अखिल क्रान्तिकारी

भैरहवा बुहुमुखी क्याम्पस भारत संग सिमा जोडिएको भैरहवामा रहेर देशका पुर्वदेखी पश्चिम र उत्तरदेखी दक्षिण सम्मका सम्पुर्ण समुदायका बिद्यार्थीहरुले प्राज्ञिहुने थलोको रुपम रहेको छ । भैरहवा बहुमुखी क्याम्पस अहिले पनि देशको उत्कृष्ट क्याम्पसको रुपमा पाईन्छ । यसलाई यहा सम्म पुराउनका लागी अखिल क्रान्तिकारीले महत्वपुर्ण योगदान गरेको छ । आज सम्म पनि निरन्तर रुपमा लागि रहेको छ । हामी खुल्ला राजनितिमा आए संगै क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिको लागि बिभिन्न आन्दोलन संगै शैक्षिक व्यवस्थापनका कार्यहरु गर्दै आईरहेका छौ । अखिल क्रान्तिकारीले बिक्रम सम्वत २०६५ को स्ववियू चुनाव जितेपछि यस क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक बिकासमा बिभिन्न योजनाहरु अगाडी बढाउदै लगि यहाँ सम्म ल्याइपुराएका छौ । क्याम्पसलाई चुस्त दुरुस्त ढंगले सञ्चालनका लागी योग्य क्याम्पस प्रमुखको नियुक्त गर्नु पर्ने, सिफ्ट सिस्टमको कायान्वयन र हेल्मेट शिक्षकको अन्त्यको लागी लामो लडाई लडेका छौ । बिद्यार्थीहरुको मागलाई ध्यान राख्दै नयाँ शैक्षिक कार्यक्रमहरु बिएस्सी, बिबिएम, विविए ल्याउन हामीले ठूलो लडाई लडनु पर्याे । हामीले क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था र सञ्चालन गर्नेमा हाम्रो संगठनले ठुलो संघर्ष गर्नु परेको छ ।
नयाँ शैक्षिक कार्यक्रमहरु ल्याउने प्रकृयामा हाल सम्म आईपुग्दा देशको उत्कृष्ट शैक्षिक कार्यक्रमहरु सिएसआईटि र बिसिए जस्ता कार्यक्रमहरु ल्याउनमा अखिल क्रान्तिकारी सधै एककदम अगाडी बढेर क्याम्पस प्रशासनलाई सहयोग पुराएको छ।
सडक बाघको रुपमा स्थापित हाम्रो संगठन देशभरि नै बिद्यार्थी माझ उत्तिकै लोकप्रिय छ । हामीहरु बिद्यार्थीको सख्यात्मक बिकास भन्दा गुणात्मक बिकास हुनुपर्छ भन्ने मुख्य कुरालाइै संगठनको मुल मन्त्र मान्दछौ । हाम्रो संगठन केन्द्र देखी क्याम्पस सम्म आईपुग्दा क्याम्पसको बिकास र शैक्षिक गुणस्तरको बिकासको लागि अन्य बिद्यार्थी संगठन संग सहकार्य र सहमतिमा अगाडी बढाउन उत्तिकै भुमिका खेलेका छौ । अखिल क्रान्तिकारीको माग अनुसार बिगत केहि बर्ष देखी योग्य क्याम्पस प्रमुखको नियुक्ती हुदा भैरहवा बहुमुखी क्याम्पसको शैक्षिक बातावरणलाई अभिबुद्धि गर्न सहयोग पुगेको छ । अहिले क्याम्पसमा नया टेक्नोलोजिहरुको प्रयोग आन्तरिक परिक्षाको व्यवस्था र गुणात्मक शिक्षाको बिकास भएको देखिन्छ । म आफै पनि अखिल क्रान्तिकारीको नेतृत्व गदैै यस क्याम्पसमा अध्ययन गर्दा यहाँको शैक्षिक गुणस्तर बढाउनका लागी के गर्न सकिन्छ भनि अहोरात्र खटिरहेको हुन्छु र तल्ला कमिटिहरुलाई समेत यहि निर्देशन गरि परिचालन गरेको छु ।
यहाँका बिद्यार्थीहरुको शैक्षिक एकता मात्र नभई अतिरिक्त क्रियाकलावमा पनि बिद्यार्थीहरुलाई अगाडी बढाउनका लागी खेलकुद सप्ताह तथा अन्तर कलेज क्रिकेट प्रतियोगिता पनि हाम्रो संगठनले गराईरहेको छ । क्याम्पस भित्र हुने बिभिन्न किसिमका भष्टचार, ढिलासुस्ति र अराजकताको बिरुद्ध हामीले आफ्नो आवाज बुलन्द पारिरहेको छौ । यस कारण अखिल क्रान्तिकारीले भैरहवा बहुमुखी क्याम्पसको बिकास र शैक्षिक गुणस्तरका लागी महत्वपुण भुमिका खेलेको छ । आगामी दिनमा पनि खेल्दै जाने छ भन्ने कुरा यसै लेख मार्फत जानकारी गराउन चाहान्छु ।
आगामी दिनमा अखिल क्रान्तिकारीले यस क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिको लागि आवश्यक कुराहरु , बातावरण मैत्री अध्ययन कोठा व्यस्थापन शिक्षा र मानविकि भवनको निर्माण, कम्पाउण्ड वाल निर्माण, सुविधा सम्पन्न लाईबेरी,गुणस्तरिय बिज्ञान प्रयोगशालाको स्थापना गर्नका लागी क्याम्पस प्रशासन संग जोडदार माग राख्दै आएको छौ ।
क्याम्पसले ५० औ बर्ष पुरा गरि मनाउन गईरहेको स्वर्ण महोत्सव भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण बिद्यार्थीहरुलाई आवाहान गर्दछु ।
्यसलाई सफल बनाउदै गर्दा भैरहवा बहुमुखी क्याम्पस देशको उत्कृष्ट क्याम्पसमा पर्ने अपेक्षा पनि लिएको छु् ।

यसमा तपाइको मत

विचार बाट अन्य समाचार