अनुभव÷संस्मरण अतीतका पानाबाट



– बालकृष्ण भट्टराई
प्रवेश ः वर्तमानको विशालतामा रमाउँदै विराट भविष्यका काल्पनिक सपना सजाउने मोहमा डुबेको व्यस्त मान्छेलाई वर्तमानको विशालवृक्षको बीजस्वरूप अतीतका कुना–कन्तरामा छाम–छाम, छुम–छुम गर्ने फुर्सदै कहाँ हुन्छ र ! ऊ त वर्तमानमै मक्ख छ । बैंसमा उन्मत्त बैंसालुलाई निरीह बाल्यजीवनका तातेहरूको के वास्ता ! ऊ त बिर्सन्छ समयको अनन्त प्रवाहमा लहरिंदा–लहरिंदै समयकै भेलले एक दिन उसलाई पनि यथार्थताको बगरमा हुत्याइदिन्छन् भनेर । ऊत ख्यालै गर्दैन प्रत्येक आज भोलिका आगमन सँगै हिजोमा परिणत हुन्छ भनेर ! परन्तु सत्य त यही हो– प्रत्येक सङ्गठित वर्तमान अतीतको भविष्यका शिखरमा पुग्ने बलिया आधार हो । शायद अतीतका भञ्ज्याङ्भन्दा भविष्यको कहाली लाग्दो उकालो उसको निम्ति बढी सम्वेद्य र चुनौतीपूर्ण हुन्छ । त्यसैले अगाडिको बाटो तय गर्न लाग्दा ऊ पछाडिलाई बिर्सिदिन्छ, वर्तमानलाई सधैँ मुख्य र अतीतलाई सधैँ गौण बनाइदिन्छ । तैपनि सामाजिक जीवनमा कहिलेकहीँ यस्ता क्षण आउँछन् मान्छे अतीतलाई कोट््याई कोट्याई हेर्न थाल्दछ । एकछिन सम्झेर भएपनि बिर्सनुको भूलको प्रायश्चित्त गर्न ऊ तम्सिन्छ । अहिले स्थापनाका पचास वर्ष पूरा गरेको सिद्धार्थ कलेजको स्वर्ण जयन्ती मनाएर भए पनि भैरहवा क्याम्पस शायद त्यस्तै प्रायश्चित्त गर्दै छ ।
जेहोस्, दुःख सुखका अनेक उकाली ओराली, गौंडा–गल्छी र घुम्तीहरू पार गर्दै पचास वर्ष बिताएको रूपन्देहीको पहिलो महाविद्यालय सिद्धार्थ कलेज (भैरहवा बहुमुखी क्याम्पस) को स्वर्ण जयन्तीको सुखद उपलक्ष्यमा यसको स्थापना, संरक्षण, सम्वद्र्धन र सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी सम्पूर्ण शिक्षाप्रेमीहरूमा हार्दिक आभार प्रकट गर्दै यस संस्थाबाट उच्च शिक्षा हासिल गरी राष्ट्रिय जीवनका विविध क्षेत्रमा सेवा पु¥याइरहेका सम्पूर्ण महानुभावहरूमा र यससँग सम्बद्ध सबैमा हार्दिक बधाई ज्ञापन गर्नु लेखक आफ्नो पहिलो कर्तब्य सम्झन्छ ।
पृष्ठभूमि ः रूपन्देही जिल्लाको उच्चशिक्षाको इतिहासमा २०५० साल आषाढ १६ गते एक महत्वपूर्ण दिन थियो । यस क्षेत्रमा उच्च शिक्षाको निम्ति महाविद्यालयको खाँचो महसूस गरिरहेका तमाम शिक्षाप्रेमीहरूका अन्तर्निहित भावनालाई मूर्तरूप दिनमा यस दिनको उल्लेखनीय भूमिका रहेको छ । यसै दिन रूपन्देही जिल्ला पञ्चायतका तत्कालीन वरिष्ठ सदस्य श्री उदितजंग राणाको अध्यक्षतामा जि.पं.मा बसेको बुद्धिजीवीहरूको बैठकले भैरहवामा विज्ञान र कला ९क्ऋक्ष्भ्ल्ऋभ् र ब्च्त्० कलेज खोल्ने निर्णय ग¥यो र कलेजको नाउँ ‘सिद्धार्थ कलेज’ राख्ने निधो ग¥यो । सोही बैठकले कार्यसञ्चालन गर्न तत्कालीन प्र.जि.अ. श्रीहरिभक्त रन्जितकारको अध्यक्षतामा २६ सदस्यीय ‘तदर्थ समिति’ (एड हक कमिटी) र ९ सदस्यीय शीघ्र कार्यकारक समितिको गठन ग¥यो ।
पहिलो बैठक र यसका सहभागीहरू ः २०२५÷३÷१६÷७ मा बसेको पहिलो बैठक र यसमा उपस्थित हुनेहरूको नामावली निम्न अनुसार छ ः
अध्यक्षता ः श्री उदितजंग राणा
१. श्री कृष्णमान शेरचन
२. श्री पृथ्वी शेरचन
३. श्री पुष्परत्न बज्राचार्य
४. श्री विष्णुप्रसाद उपाध्याय
५. श्री चेतनारायण खरेल
६. श्री कुलमणि देवकोटा
७. श्री रत्नबहादुर पुन
८. श्री हर्षबहादुर बुडा
९. श्री लक्ष्मीनारायण अधिकारी
१०. श्री नारायण सिंह थापा
११. श्री प्रेमनाथ धिताल
१२. श्री प्रेमनारायण श्रेष्ठ
१३. श्री छत्रपति सिंह मल्ल
१४. श्री कविराज पुन
१५. श्री शक्ति प्रसाद लम्साल
१६. श्री भीम प्रसाद लामिछाने
१७. श्री मुकुन्दमणि त्रिपाठी
१८. श्री कोमलदत्त तिवारी
१९. श्री बामदेव जोशी
२०. श्री टेकबहादुर पन्थी
२१. श्री बालकृष्ण भट्टराई

पहिलो एडहक कमिटी (२०२५÷३÷१६÷७ मा गठित)
१. अध्यक्ष – प्र.जि.अ. श्री हरिभक्त रन्जितकार
२. सचिव – श्री टेकबहादुर पन्थी
३. कोषाध्यक्ष – सुब्बा श्री कृष्णमान शेरचन
४. सहसचिव – श्री शक्तिप्रसाद लम्साल
५. सदस्य – श्री पृथ्वी शेरचन
६. सदस्य – श्री कविराज पुन
७. सदस्य – श्री हर्षबहादुर बुडा
८. सदस्य – श्री लक्ष्मीनारायण अधिकारी
९. सदस्य – श्री छत्रपति सिंह मल्ल
१०. सदस्य – श्री विष्णुप्रसाद चौधरी (खुनगाई)
११. सदस्य – श्री मुकुन्द घिमिरे (अमर किशोर घिमिरे)
१२. सदस्य – श्री मुकुन्दमणि त्रिपाठी
१३. सदस्य – श्री दशरथ प्रसाद कुर्मी
१४. सदस्य – श्री सुब्बा विष्णुप्रसाद कुर्मी
१५. सदस्य – श्री पुष्परत्न बज्राचार्य
१६. सदस्य – श्री वीरेन्द्र बहादुर सिंह
१७. सदस्य – श्री रामअचल चौधरी
१८. सदस्य – श्री सरोजमणि आ.दी
१९ सदस्य – श्री हरिकृष्ण दुबे
२०. सदस्य – श्री महेश्वरप्रसाद चौधरी
२१. सदस्य – श्री योगेन्द्रनाथ शुक्ल
२२. सदस्य – श्री मुहम्मद कुरैश
२३. सदस्य – श्री नत्थुमल (नथमल अग्रवाल)
२४. सदस्य – श्री उदितजंग राणा
२५. सदस्य – श्री किशोरचन्द्र अग्रवाल
२६. सदस्य – श्री कोमलदत्त तिवारी
शीघ्र कार्यकारक समिति (२०२५÷३÷१६÷७ मा गठित)
१. अध्यक्ष – श्री हरिभक्त रन्जितकार
२. सचिव – श्री टेकबहादुर पन्थी
३. कोषाध्यक्ष – श्री सु. कृष्णमान शेरचन
४. सह–सचिव – श्री शक्तिप्रसाद लम्साल
५. सदस्य – श्री नथमल अग्रवाल
६. सदस्य – श्री मुहम्मद कुरैश
७. सदस्य – श्री कविराज पुन
८. सदस्य – श्री सु. विष्णुप्रसाद शर्मा (उपाध्याय)
९.सदस्य – श्री छत्रपति सिंह मल्ल
नयाँ कार्यसमिति
२०२५ श्रावण ३० गते बसेको शीघ्रकार्यकारक समितिको बैठकले २९ सदस्यीय (नयाँ कार्यसमितिको नाउँमा) सञ्चालक समितिको गठन ग¥यो । यही नै कार्यसमिति थियो । बैठक तत्कालीन जि.पं. सभापति श्री दिनेशमणि त्रिपाठीको अध्यक्षतामा बसेको थियो । गठन यस प्रकार छ ः
१. अध्यक्ष – श्री भीम बहादुर बुडाथोकी (सभापति तत्कालीन अञ्चल पञ्चायत)
२. उपाध्यक्ष – श्री दिनेशमणि त्रिपाठी
३. सचिव – श्री टेकबहादुर पन्थी
४. सह–सचिव – श्री शक्तिप्रसाद लम्साल
५. कोषाध्यक्ष – श्री कृष्णमान शेरचन
६. सह–कोषाध्यक्ष – श्री नारायणप्रसाद अग्रवाल
७. संगठनकर्ता – श्री मदनबहादुर प्रधान
८. प्रचारक – श्री तौलेश्वरनाथ पाण्डेय
९. सदस्य – श्री मुहम्मद कुरैश
१०. सदस्य – श्री मथुराप्रसाद बजिमय
११. सदस्य – श्री सरोजमणि आ.दी.
१२. सदस्य – श्री कविराज पुन
१३. सदस्य – श्री दशरथ कुर्मी
१४. सदस्य – श्री छत्रपति सिंह मल्ल
१५. सदस्य – श्री डा.विष्णुप्रसाद रजौरिया
१६. सदस्य – श्री राजेन्द्रनाथ शुक्ला
१७. सदस्य – श्री रामअचल चौधरी
१८. सदस्य – श्री के.वी. शाही
१९. सदस्य – श्री राघवेन्द्र प्रताप शाह
२०. सदस्य – श्री चिन्तामणि पोखरेल
२१. सदस्य – श्री के.पी. खनाल
समुद्घाटन र कक्षारम्भ
सिद्धार्थ कलेजको समुद्घाटन तत्कालीन श्री ५ बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह सरकारको शुभजन्मोत्सवका उपलक्ष्यमा २०२५ साल भाद्र ४ गते (१९ अगस्त १९६८) भैरहवा माध्यमिक विद्यालयको नव निर्मित भवन (वैशब्लक, जसको उद्घाटन पनि सोही दिन भएको थियो) मा लुम्बिनी अञ्चलाधीश श्री तेजबहादुर प्रसाईबाट व्यानर खोली सम्पन्न भयो । सोही दिन साँझदेखि नै रात्रिकलेजका रूपमा पठन पाठन शुरू भयो त्यति बेला भैरहवामा बिजुलीको व्यवस्था भइसकेको थिएन । पेट्रोमेक्स बालेर पढाइ सञ्चालन गरिएको थियो । श्री हर्षबहादुर बुडा प्रिन्सिपल र श्री नरेन्द्र सिंह राना भाइस प्रिन्सिपल रहनु भएको सिद्धार्थ कलेजको शुरूका दिनमा पहिलो पिरियड लिने सौभाग्य यस लेखकलाई प्राप्त भएको थियो । भोलिपल्ट शनिवार परेकोले नियमित कक्षा पर्सिपल्ट भाद्र ६ गतेदेखि कक्षा सञ्चालन भएका थिए ।

पक्लिहवा हाईस्कूलमा स्थानान्तरण
वत्तीको असुविधाले गर्दा केही दिनमा नै कलेज पक्लिहवा क्याम्प ९द्य।न्।च्।ऋ। पछि द्य।न्।ऋ।० को अधिकांश सहयोगमा सञ्चालित पक्लिहवा हाईस्कूलको भवनमा सार्न बाध्य हुनु प¥यो । पक्लिहवामा नै पढाइ सञ्चालन हुन थाल्यो ।
लुम्बिनी बस र दर्शन बसको सहयोग ः जिल्लाको एकमात्र डिग्रीकलेज (त्यतिबेला स्नातक तहसम्मको पठनपाठन हुने कलेजलाई (डिग्रीकलेज भनिन्थ्यो) र विज्ञान कलेज भएकाले बुटवल मणिग्राम क्षेत्रबाट समेत विद्यार्थीहरू आउँथे । विद्यार्थीहरू र स्टाफलाई पक्लिहवा – भैरहवा – बुटवल ल्याउने लैजाने काममा लुम्बिनी बस कम्पनी र दर्शन बस सर्भिसले सहुलियत दरमा सेवा उपलब्ध गराएर ठूलो सहयोग गरेका हुन् ।
पठनपाठन हुने विषय ः कला (आर्ट्स) तर्पm आइ.ए., वी.ए. र विज्ञान तर्पm आइ.एस.सी. सम्मको अध्ययन – अध्यापन हुने सिद्धार्थ कलेजमा विज्ञानतर्पm भौतिक शास्त्र, गणित, प्राणीशास्त्र, रसायन शास्त्र (मूल रूपमा) र कला तर्पm शुरूमा भर्नाकुलर नेपाली, जनरल इङ्गलीशका अतिरिक्त प्रधान (मेजर) नेपाली, स्पेशल इङ्गलीश, अर्थशास्त्र र राजशास्त्रको पठनपाठन हुन्थ्यो ।
साँस्कृतिक कार्यव्रmम र साँस्कृतिक छात्रसमिति
विद्यार्थीहरूको सव्रिmयतामा २०२५ साल पौष ७ र ८ गते दुइदिन भैरहवा बालमन्दिरमा आयोजित साँस्कृतिक कार्यव्रmम कलेजको इतिहासका अविस्मरणीय घटनाहरू भित्र पर्दछ । आर्थिक सङ्कलन गरी कलेजको आर्थिक स्रोत जुटाउने अभिप्रायले प्रदर्शित उक्त कार्यव्रmमको दोस्रो दिनको साँझलाई ‘अम्बरनाइट’ संज्ञा दिइएको थियो – किनकि प्रसिद्ध कलाकार श्री अम्बर गुरूङ त्यस कार्यव्रmमका आकर्षण थिए । उनले ‘नौ लाख तारा उदाए ….’ भन्ने गीत गाउँदाको मार्मिक क्षण र समापन भाषणमा (प्रवासी नेपालीको प्रसङ्ग उठाउँदा) भावविभोर भएर सचिव श्री टेकबहादुर पन्थी मञ्चमै रूँदाको दृश्य भने कहिल्यै विर्सन सकिदैन । जीवराज आश्रितको उद्घोषणा, भीमप्रसाद लामिछाने, गुरू ‘कमल’ का वाद्यवादन, नृत्य र गीत अविस्मरणीय थिए । कार्यव्रmम सम्पन्न गर्न एउटा ‘साँस्कृतिक’ छात्र समिति गठन गरिएको थियो, जसमा निम्नलिखित पदाधिकारीहरूको भूमिका विशेष उल्लेखनीय थियो –
१. श्री नेत्रबहादुर गुरूङ (वी.ए. प्रथम वर्ष) – अध्यक्ष
२. श्री जीवराज आश्रित (वी.ए. प्रथम वर्ष) – सचिव
३. श्री ओमकुमार सुधाकर (वी.ए. प्रथम वर्ष) – कोषाध्यक्ष
छात्र – असन्तोष ः सिद्धार्थ कलेजले त्रि.वि.बाट सम्बन्धन प्राप्त गर्न नसकेको कारणबाट विद्यार्थीहरूले नियमित परीक्षार्थीको रूपमा परीक्षा फर्म भर्न नपाउने भएपछि २६ सालमा तत्कालीन छात्रनेता नेत्र बहादुर गुरूङ, जीवराज आश्रित, किशोरमणि दीक्षित, गोविन्द ज्ञवाली आदिको नेतृत्वमा (भैरहवामा, पञ्चायतकालमा सम्भवतः पहिलो पटक) जुलूस प्रदर्शन, लाठीचार्ज, अश्रुग्यास छाडिएको घटना पछि विद्यार्थीहरूलाई आटर््सकालाई पाल्पाबाट र विज्ञान परीक्षार्थीलाई पृथ्वीनारायण कलेज पोखराबाट सम्मिलित गराइएको थियो ।
महाविद्यालय सम्बन्धन समिति ः भैरहवामा सिद्धार्थ कलेज सञ्चालन हुँदा बुटवलमा लुम्बिनी कलेज, तौलिहवामा कपिलवस्तु इन्टरकलेज र तम्घासमा गुल्मी कलेजहरूलाई त्रि.वि.बाट सम्बन्धन दिलाउन भैरहवामा २०२६ साल पौष २ गते बुद्धिजीवीहरूको भेलाले अञ्चलस्तरीय महाविद्यालय सम्बन्धन समिति गठन ग¥यो ः
१. श्री भीम बहादुर बुडाथोकी – अध्यक्ष
२. श्री पृथ्वी शेरचन – सचिव
३. श्री त्रिवेणी कुर्मी – सदस्य
४. श्री सरस्वती प्रसाद शेरचन – सदस्य
५. श्री शक्ति लम्साल – सदस्य
६. श्री रामप्रसाद उदय – कोषाध्यक्ष
७. श्री पद्म बहादुर सिंह – सदस्य
यसै समितिको तत्परतामा २०२६ माघ २९ र फागुन ९ गते बुटवलमा आयोजित दुई दिने विचार गोष्ठीले सबै कलेजको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन पारी सम्बन्धन प्रदान गर्न भरमग्दूर प्रयास ग¥यो । यस्तै गोष्ठीको प्रतिवेदन निम्नलिखित समितिले तयार गरेको थियो ः
१. श्री माधव ओम श्रेष्ठ
२. श्री हर्ष बहादुर बुडा
३. श्री चोलराज शर्मा
४. श्री पृथ्वी शेरचन – सचिव
मरणासन्न अवस्थामा रहेका लुम्बिनी अञ्चलका ४ वटै कलेजलाई जीवन्त तुल्याउन, त्रि.वि.वि. को ध्यानाकर्षण गर्न र तिनताक तर्जुमा भइरहेको राष्ट्रिय ‘शिक्षा पद्धतिको नयाँ योजनामा कलेजलाई पार्ने पृष्ठभूमि तयार पार्न यस गोष्ठीले रामबाणको काम गरेको थियो ।
विज्ञान कक्षा बन्द
कलेजको बलियो आर्थिक स्रोत नहुँदा सुचारू रूपबाट पठन–पाठन सञ्चालन गर्न कठिनाइ भइरहेको र त्रि.वि.को योजनामा लुम्बिनी अञ्चलमा एकमात्र विज्ञान कलेज पाल्पामा चलाउने कार्यव्रmम भएको हुँदा बाध्य भएर २०२७ मार्गमा विज्ञानका कक्षा बन्द गरिए ।
सिद्धार्थ कलेजमा कार्यरत प्राध्यापक÷कर्मचारी (२०२६)
१. श्री हर्षबहादुर बुडा, (राजनीतिशास्त्र) – प्रिन्सिपल
२. श्री नरेन्द्र सिंह राना, (राजनीतिशास्त्र) – भाइस प्रिन्सिपल
३. श्री बालकृष्ण भट्टराई (नेपाली, सँस्कृत) – लेक्चरर
४. श्री वी.एन. भट्ट (विज्ञान र गणित) – लेक्चरर
५. श्री डी.पी. श्रीवास्तव, (अंग्रेजी) – लेक्चरर
६. श्री रमाशंकर त्रिपाठी, (अर्थशास्त्र) – लेक्चरर
७. श्री आर.पी. वर्मा, (अंग्रेजी) – लेक्चरर
८. श्री नारायण घिमिरे, (सँस्कृत, नेपाली) – लेक्चरर
९. श्री बोधराज काफ्ले, (नेपाली) – लेक्चरर
१०. श्री दामोदर राज जोशी, (अर्थशास्त्र) – लेक्चरर
११. श्री अमर बहादुर थापा, (विज्ञान) – डेमोन्स्ट्रेटर
१२. श्री जटाशङ्कर पाण्डेय, (अंग्रेजी) – लेक्चरर
१३. श्री टङ्कनाथ काफ्ले, (राजनीतिशास्त्र) – लेक्चरर
१४. श्री मोहन सिंह थापा, (अर्थशास्त्र) – लेक्चरर
१५. श्री उमेशचन्द्र श्रीवास्तव, (विज्ञान) – लेक्चरर
१६. श्री ए.सी. जर्ज, (विज्ञान) – लेक्चरर
१७. श्री आर.ए. तिवारी (विज्ञान) – लेक्चरर
१८. श्री व्रmीमनरसिंह रायमाझी, हेड क्लर्क
१९. श्री केशव प्रसाद उपाध्याय, पियन
२०. श्री लाल बहादुर, पियन
२१. श्री शालीमोन, कूचिकार
जाजरकोटकोटको आर्थिक सवेक्षण
२०२५ सालको अन्त्यतिर अर्थशास्त्रका प्राध्यापक श्री रमाशङ्कर त्रिपाठीको नेतृत्वमा विद्यार्थीहरू श्री जीवराज आश्रित, श्री गोविन्द ज्ञवाली, श्री बुद्धिप्रसाद शर्मा र श्रीमेहर चन्द्र शर्माको एक टोलीले जाजरकोट जिल्लाको अध्ययन भ्रमण गरी नेपाल राष्ट्र बैंकमा उक्त जिल्लाको आर्थिक सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेको सन्दर्भले दुर्गम जिल्लामा शैक्षिक भ्रमण जाने विद्यार्थीहरूको प्रेरणाप्रद तत्कालीन प्रवृत्तिलाई सम्झाउँछ ।
पत्रिका ‘सिद्धार्थ’ को प्रकाशन
तत्कालीन गतिविधिको संक्षिप्त चिनारी दिने कलेजको मुखपत्र ‘सिद्धार्थ’ २०२६ सालमा प्रकाशित भएको थियो । नेपालीका २० वटा र अंग्रेजीका ५ वटा रचनाहरूको सँगालोको रूपमा प्रकाशित उक्त पत्रिका प्राध्यापक र विद्यार्थीहरूको उत्साहको प्रतीक हो ।
लुम्बिनीको सामाजिक र आर्थिक सर्वेक्षण
१९६९ ई. मा श्री चेतनारायण खरेल र श्री किशोर मणि आचार्य दीक्षित लगायत १० जना विद्यार्थीहरूको एक टोलीले डा.एफ.ई. ओकाडाको नेतृत्वमा लुम्बिनी क्षेत्रको सामाजिक – आर्थिक सर्वेक्षणमा स्वयंसेवक भई गरेको प्रसङ्गको पनि तत्कालीन विद्यार्थीहरूमा देखिने रचनात्मकतालाई स्मरण गराउँछ ।
सञ्चालकहरूको व्रिmयाशीलता
कुनै पनि संस्थालाई जीवन्त तुल्याइराख्न त्यसको सञ्चालतमा सहभागी हुनेहरूको महत्वपूर्ण भूमिका हुन्छ । सिद्धार्थ कलेजको शुरूआत, भैरहवा जस्तो ठाउँमा तत्कालीन परिवेशमा अत्यन्त चुनौतीपूर्ण कदम थियो । सम्भवतः समाजसेवीहरूको व्रिmयाशील प्रवृत्ति नै हो कि सञ्चालक समितिको गठन पुनर्गठन भने निकै चाँडै हुने गथ्र्याे । समय समयमा विभिन्न समिति र उपसमितिको गठन गरिन्थ्यो । यस्ता समिति र उपसमितिहरूको विवरण यहाँ प्रस्तुत गर्नु (सँस्मरण लामो हुने भए तापनि वान्छनीय नै देखिन्छ ।
२०२५÷६÷२३÷३ मा अञ्चलाधीश कार्यालय (भैरहवामा) मा गठित २२ सदस्यीय कार्यसमिति
१. अध्यक्ष – श्री कृष्णमान शेरचन
२. उपाध्यक्ष – श्री पूर्णसिंह ठाकुर
३. सचिव – श्री टेकबहादुर पन्थी
४. कोषाध्यक्ष – श्री मोहम्मद कुरैश
५. स.. कोषाध्यक्ष – श्री मथुरा प्रसाद बजिमय
६. कार्य निरीक्षक सचिव – श्री नारायणप्रसाद अग्रवाल
७. सदस्य – श्री दिनेशमणि त्रिपाठी
८. सदस्य – श्री सरोजमणि आ.दी..
९. सदस्य – श्री कविराज पुन
१०. सदस्य – श्री कोमलदत तिवारी
११. श्री हर्षबहादुर बुडा
१२. श्री रामनरेश यादव
१३. श्री शतिm प्रसाद लम्साल
१४. श्री विष्णुप्रसाद उपाध्याय
१५. डा. श्री मृगेन्द्र प्रसाद श्रेष्ठ
१६. श्री राम अचल चौधरी
१७. श्री किशोरचन्द्र अग्रवाल
१८. हे.मा.श्री कुलमणि देवकोटा
१९. हे.मा.नरेन्द्र सिंह राना
२०. श्री कु.उषा थापा
२१. श्री रूद्रविलास तुलाचन
२२. श्री छत्रपति सिंह मल्ल
नियम तर्जुमा उपसमिति (२०२५÷६÷२७÷७ मा गठित)
१. अध्यक्ष – सचिव श्री टेक हादुर पन्थी
२. सदस्य – सु. श्री विष्णुप्रसाद उपाध्याय
३. सदस्य – श्री हर्षबहादुर बुडा
४. सदस्य – श्री नरेन्द्र सिंह राना
५. सदस्य – श्री कुलमणि देवकोटा
बजेट ड्रापm्ट कमिटी (२०५५÷६÷२७÷७ मा गठित)
१. अध्यक्ष – श्री पूर्ण सिंह ठाकुर
२. सदस्य – श्री किशोरचन्द्र अग्रवाल
३. सदस्य – श्री नारायणप्रसाद अग्रवाल
४. सदस्य – श्री हर्षबहादुर बुडा
५. सदस्य – श्री छत्रपति सिंह मल्ल
विभिन्न समिति र उपसमिति
(यसरी नै २०२६ र २०२९ का बीचमा धेरै पटक समितिका पुनगर्ठनका प्रव्रिmया चले । केही समितिको संक्षिप्त उल्लेख यहाँ गरिएको छ ।)
प्रशासनिक परिवर्तन ः २०२९ भाद्र १५ देखि कलेजको प्रिन्सिपल पदको दायित्व सञ्चालक समितिले यस संस्मरणका लेखकलाई सुम्पियो । देशको उच्च शिक्षामा नयाँ शिक्षा योजना लागू गर्ने व्यापक तयारी र परिवर्तन हुन लागेको समय भएकोले यो अवधि नयाँ शिक्षा र पुरानो शिक्षाको योजना सङ्व्रmमणको अवधि थियो ।
कलेज बचाउ अभियान ः स्थानीय संघ–सँस्था, समाजसेवी, प्राध्यापक, विद्यार्थी, व्यापारी, बुद्धिजीवीहरू समावेश भएको महाविद्यालय आर्थिक सम्बर्धन समितिको गठनगरी कलेज बचाउ अभियानको नाउँमा दाताहरूको घर दैलोमा गई आर्थिक अनुदान सङ्कलन गरियो र रु.२९५७८।– कलेजको कोषमा जम्मा गरियो ।
प्रतिनिधि मण्डल ः– कलेजलाई सम्बन्धन दिलाउन मिति २०३०÷२÷१२ मा निम्रिलिखित ५ जनाको प्रतिनिधि मण्डल काठमाडौं गयो ।
१. श्री कृष्णमान शेरचन (उपाध्यक्ष)
२. श्री करुणानिधि शर्मा (स. सचिव)
३. श्री बालकृष्ण भट्टराई (का.मु. प्राचार्य)
४. श्री नारायण सिंह थापा (उप.प्रधान पञ्च)
५. श्री प्रताप कुमार भट्टचन (सदस्य सं.सं.)
त्रि वि. राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय आदि निकायमा गई यस प्रतिनिधि मण्डलले भैरहवामा क्याम्पस राखिनु पर्ने माग प्रस्तुत ग¥यो ।
कलेज भवनको शिलान्यास र उद्घाटन
स्थानीय भूतपूर्व सैनिकहरूको सौजन्यबाट प्राप्त शान्तिनगर स्थित पुरानो विमानस्थलको ५ विगाहा ६ कठ्ठा ६ धूर जग्गा प्राप्त भएपछि स्थानीय समाजसेवी श्री नथमल अग्रवालकी धर्मपत्नी श्रीमति गिनियाँ देवी अग्रवालबाट २ कोठे भवन निर्माण भएपछि २०२९ फाल्गुनमा कलेज निजी भवनमा सञ्चालन हुन थाल्यो ।
कमर्सका कक्षाहरूको पठनपाठन ः २०२९ सालमा नै तत्कालीन न.प. बाट २ जना शिक्षकको तलब व्यहोर्ने गरी आइ.कम. का कक्षा पनि सञ्चालन गरियो ।
भवन निर्माण समिति ः कलेज बचाउ अभियानबाट उठेको अनुदान रकमबाट थप भवन निर्माण गर्न र आर्थिक स्रोत समेत जुटाउन श्री नथमल अग्रवालको अध्यक्षतामा भवन निर्माण समितिको गठन भयो । यसरी २०२५ साल भाद्र ४ गते प्रारम्भ गरिएको सिद्धार्थ कलेजले अनेक संघर्ष गरी भैरहवाको इतिहासमा उच्चशिक्षाको क्षेत्रमा यत्किञ्चित् योगदान गर्न सक्यो ।
स्थापनाका दिनदेखि नै विभिन्न कठिनाइ र चुनौतिहरूको सामना गर्दै आएको यस कलेजका प्रारम्भिक वर्षहरू आर्थिक रूपले जति कमजोर भए पनि यसमा लागेका सञ्चालक समितिका अधिकारी, विद्यार्थी र प्राध्यापकहरूको योगदान उल्लेखनीय थियो । पढाइको वातावरण अपेक्षाकृत रूपमा आजभन्दा धेरै राम्रो थियो । जीवराज आश्रित, गोविन्द ज्ञवाली, दिग्वीर मोक्तान, नेत्र बहादुर गुरूङ, निधानचन्द्र श्रेष्ठ, रामहादुर शाक्य, किशोरमणि दीक्षित, बुद्धिसागर कौण्डिण्य, मिस्री लिगल, त्रिलोक नारायण संसार, माधुरी थापा, तुलसीराम घिमिरे, भुवनेश्वरी वन्जाडे, रामचन्द्र आचार्य, भीम न्यौपाने, बुद्धकुमार श्रेष्ठ, रमेश कुमार शर्मा, बुद्धिप्रसाद शर्मा, चेतनारायण खरेल, जनकप्रसाद लिगल आदि व्रिmयाशील र मेधावी प्रतिभाहरूले कक्षाहरू जति गम्भीर हुन्थे त्यति नै प्राज्ञिक पनि । श्री नरेन्द्र सिंह राना, मोहन सिंह थापा, श्री बोधराज कापm्ले, श्री टङ्कनाथ काप्mले, श्री नारायण घिमिरे जस्ता प्राध्यापकहरूको सङ्गतले कलेजको वातावरण प्राज्ञिक र उत्साहप्रद हुन्थ्यो । व्रिmयाशील प्रिन्सिपल श्री हर्ष बहादुर बुडाको कठिन परिश्रम र लगावले कलेजलाई गतिमयता प्रदान गरेको कुरा विर्सन सकिदैन । कलेजका पछिल्ला दिनहरूमा कलेज बचाउ अभियानलाई व्रिmयाशील बनाउनमा सहकर्मी प्राध्यापक श्रीमती रमा पाण्डेको सेवा कलेजले सधै सम्झिरहने छ । सिद्धार्थ कलेजलाई सही दिशा प्रदान गर्न सञ्चालक समितिका सचिव श्री पृथ्वी शेरचन, सह सचिव श्री करुणानिधि शर्मा, चेतनारायण खरेल, प्रताप कुमार भट्टचन र श्री वामदेव जोशीको सव्रिmयता अविस्मरणीय छ ।
सिद्धार्थ कलेज ः भैरहवा क्याम्पसमा परिणत भएपछि
२०३० साल श्रावणमा नयाँ शिक्षा योजना लागू भएपछि सिद्धार्थ कलेज भैरहवा क्याम्पसमा परिणत भयो । मानविकी तर्पm प्रमाणपत्र तहसम्मको पढाइ हुने गरी स्वीकृति पाएको क्याम्पस नया शिक्षा योजना अन्तर्गत नयाँ ढङ्गबाट चल्न थाल्यो । क्याम्पस प्रमुख श्री बैकुण्ठ प्रसाद विजुक्छेको कुशल नेतृत्वमा क्याम्पसले राम्रो प्रगति ग¥यो । कलेज पिरियडमा सङ्कलित अनुदान र थप चन्दा सङ्कलन गरी ३ कक्षा कोठाको निर्माण, २०३२ मा शेरचन परिवारबाट सुब्बा श्री हितमान शेरचनको स्मृतिमा पुस्तकालय भवनको निर्माण श्री पूर्ण सिंह ठाकुरको उदारताबाट एक लाख एक सय एक रुपियाँको पूर्णशान्ति छात्रवृत्तिको स्थापना, ५ युनिटको शिक्षक आवासगृह र वाउण्ड्रीवाल निर्माण यस अवधिका उल्लेखनीय भौतिक उपलब्धि हुन् ।
२०३३ मा श्री बैकुण्ठप्रसाद बिजुक्छेको रा.रा. क्याम्पस जनकपुर स्थानान्तरण भएपछि यस लेखकले २०३३ कार्तिक १० देखि २०४८ बैशाख ७ गतेसम्म पुनः क्याम्पस प्रमुखको रूपमा काम गर्ने सौभाग्य पायो ।
यस अवधिमा स्थानीय शिक्षाप्रेमीहरूको उदारतापूर्ण सहयोग, प्राध्यापक साथीहरूको सामूहिक सहयोगात्मक भावना, विद्यार्थीहरूको समझदारीपूर्ण व्यवहारले क्याम्पसले केही पाइला अगाडि बढायो । २०३३ मा क्याम्पसको ५ विगाह १६ कठ्ठा ६ धुर जग्गा क्याम्पसका नाउँमा दर्ता, २०३४ मा थप ४ विगाह १० कठ्ठा १७ धुर जग्गा खरीद गरी क्षेत्रफल विस्तार, श्री नथमल अग्रवालबाट प्राध्यापक कक्ष र त्यसमाथि तल्ला निर्माण तत्कालीन नगरपालिकाको तर्पmबाट डिप्लोमा भवनको निर्माण, विभिन्न संघ संस्था, समाजसेवी चन्दादाताहरूको तर्पmबाट वाणिज्य भवनको निर्माण, श्रीमती गंगादेवी बाहुनीका तर्पmबाट प्राप्त भवनको बिव्रmीबाट प्राप्त लागतबाट र तत्कालीन न.पं.बाट वाणिज्य भवन माथि २ कोठे भवनको निर्माण, साइकल स्ट्याण्ड, (हाल चमेना गृह) निर्माण अक्षयकोषको स्थापना, विद्यार्थी युनियनको सव्रिmयतामा सरस्वती मन्दिर र पुस्तकालय भवनको निर्माण, खानेपानीको व्यवस्था, वृक्षारोपण क्याम्पसद्वारा निर्माण, खेलकुद कक्ष (हाल आवास गृह) पालेघर निर्माण आदि केही भौतिक विकास हुन सक्यो ।
शैक्षिक कार्यव्रmम तर्पm ः २०३६ मा मानविकी स्नातक तह २०४५ मा व्यवस्थापन प्रमाण–पत्र तह र २०४४ मा व्यवस्थापन स्नातक तहका कक्षाहरू सन्चालन गरिए । (प्राध्यापक संघका तत्कालीन सभापति श्री भगवती प्रसाद शर्माको सव्रिmय नेतृत्वमा स्थानीय समाजसेवी डा. रामप्रसाद बस्यालको सहयोगबाट प्राध्यापक भवनको प्रारम्भिक (जग भर्ने) काम भयो भने संघले बुक बैंकको पनि स्थापना ग¥यो ।
क्याम्पसलाई स्तरवृद्धि गर्न सङ्काय थप गर्न र भौतिक साधन जुटाउन २०३६ मा श्री दिलबहादुर बस्नेतको अध्यक्षतामा गठित क्याम्पस विकास विस्तार समितिले अविस्मरणीय योगदान गरेको हो । समय–समयका विद्यार्थी युनियनले क्याम्पसको प्रगतिमा सव्रिmय योगदान गरेका छन् । कलेज अवधिका श्री नेत्रबहादुर गुरुङ, जीवराज आश्रित, किशोरमणि दीक्षित, भीम न्यौपाने, २०३० साल पछि खड्ग बहादुर गौतम, रामबहादुर क्षेत्री, मोहनमान श्रेष्ठ, सुमोद थापा, गोपालमान राजभण्डारी, राम थापा र सुरेन्द्र जङ्ग थापा आदि युनियनका सभापतिहरूको नेतृत्वमा थुप्रै रचनात्मक कामहरू भएका छन् । उक्त अवधिमा क्याम्पस सञ्चालनमा प्राध्यापक संघका सभापतिहरू श्री भूपति ढकाल ‘कमल’ श्री केशव घिमिरे, श्री कपिल लामिछाने, श्री भगवतीप्रसाद शर्मा, श्री केशवलाल श्रेष्ठबाट भएकारचनात्मक सहयोग सधै स्मरणीय हुनेछन् ।
तत्कालीन प्रशासकहरू, त्रि.वि.का पदाधिकारीहरू र राजनीतिक प्रतिनिधिहरू, दाताहरू, न.पं., जि.पं. र उ.वा.संघको सव्रिmय संलग्नता र सहयोग नभएको भए क्याम्पस आजको अवस्थामा पुग्न गाह्रो पर्दथ्यो । अभिभावकहरूको सद्भावपूर्ण सहयोग, प्राध्यापक साथीहरूको निष्ठापूर्ण संलग्नताले क्याम्पसको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको हो । भैरहवा क्याम्पसलाई ‘सिद्धार्थ क्याम्पस’ नामान्तरण गर्न भने धेरै प्रयत्न गर्दा पनि सकिएन ।
अन्त्यमा क्याम्पस सर्वतोभावेन सामाजिक साझा संस्था हो । यसको विकासको निम्ति साझा चिन्तनको नितान्त खाँचो हुन्छ । बदलिँदो वातावरणमा आज नयाँ नेतृत्वमा क्याम्पस चल्दै छ । विगतका कमी कमजोरीलाई निरन्तरता नदिने प्रयासका लागि र नाम रूपमा विकृतिहरू हुर्कन नदिन सबैको सामूहिक प्रयास आवश्यक छँदैछ । विद्यार्थीहरूमा देखा परेको उत्साह प्रशंसनीय छ । भएकै कार्यक्रमहरूको सुदृढीकरण र नयाँ सम्भावनाहरूको खोजी अबका विषयवस्तु बनाइनु वाञ्छनीय हुन्छ । आग्रहहीन वातावरण कायम गर्दै अगाडि बढ्न स्वर्ण जयन्ती वर्षले मार्ग प्रसस्त गरोस् । यिनै केही शब्दहरूका साथ विस्तार भय र विस्मृतिवश यस बेलामा उल्लेख हुन आवश्यक विवरण र सुनामहरू छुटेका भए अन्यथा नसम्झिदिई सद्भाव राखिदिन सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु । (लेखकः सिद्धार्थ कलेजका संस्थापक हुन् । )
(अतीतका केही सम्झनाबाट साभार)

यसमा तपाइको मत

विचार बाट अन्य समाचार