सुवेदी द्धारा बिप्लप माओवादी परित्याग


कमल रायमाझी
भैरहवा, ६ जेठ । नेकपा माओबादी बिप्लव समुहकी रुपन्देही नेतृ कल्पना सुवेदीले सो पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
आईतवार एक प्रेश विज्ञप्ती मार्फत उनले बिगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अवका दिनका उक्त पार्टी परित्याग गरेको जनाएकी छिन् ।


बिप्लव नेतृत्वको नेकपा अन्तरगत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारमा रहेकी सुवेदीले प्रेष बिज्ञप्ती मार्फत सवै पद तथा तह बाट राजिनामा दिएको घोषणा समेत गरेकी छिन् ।
उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफुले राजिनामा दिएको समेत प्रेष बिज्ञप्ती सार्वजनिक कार्यक्रममा पत्रकार संग सो कुरा बताएकी हुन ।
विप्लव माओवादी भएको भन्दै प्रहरीले समेत पक्राउ गरि अदालत बाट धरौटीमा छुटेकी सुवेदीले अवका दिनमा स्वतन्त्र रुपमा आफु बाच्न चाहेकाले राजिनामा दिएको बताएकी छिन् ।

यसमा तपाइको मत

राजनीति बाट अन्य समाचार