समरीमाईमा आयोडिन


असलम खान
मर्चवार, जेठ ८ । मर्चवारको समरीमाईमा आयोडिनको कमीले कोही पनि नागरिक रोगी हुन नपरोस् भन्ने ध्ययेले एक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
असुरैना आधारभूत विद्यालयमा सञ्चालित उक्त कार्यक्रममा डा. दिनेश गुप्ता, बिनोद विश्वकर्मा, शेषनाथ गुप्ताले आयोडिनको बारेमा प्रकाश पारेका थिए ।
गाउपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ला, दुर्गावति केवट, जैस मोहमद खान लगायतले मन्तब्य राखेको उक्त कार्यक्रममा ८० जनाको सहभागीता रहेको अनिल अहमदले बताए ।

नेपालमा प्राचिनकालदेखी ढिके नुनको प्रयोग गरिदैं आएको भएता पनि केही दशक यता आयोडिन नुनको प्रयोगमा जोड दिईदै आएको छ । आयोडिनको कमिले मान्छेमा रोग प्रतिरोधात्मक क्षमता पनि घटन गई गलगाड लगायत विभिन्न रोग लाग्ने गर्दछ । साल्ट ट्रेडिंग मार्फत नेपालमा दुई बालबालिको चिन्ह भएको आयोडिन युक्त नून विक्री बितरण हुदैं आएको छ । यद्यपी ग्रामिण क्षेत्रमा सचेतनाको कमीले अहिले पनि यदाकदा ढिके नूनको प्रयोग गरिदैं आएको छ ।

यसमा तपाइको मत

लुम्बिनी बिषेश बाट अन्य समाचार