ओमसतियाको निति तथा कार्यक्रम सार्वजनिक


ओमसतियाको निति तथा कार्यक्रम सार्वजनिक
कमल रायमाझी  / पशुपती यादब
ओमसतिया, १३ असार । जिल्लाको मध्य क्षेत्रमा रहेको ओमसतिया गाउँपालिकाको ०७६।०७७ को नीति तथा कार्यक्रम शुक्रवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।


गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुलले) विशिष्ट व्यक्तित्वहरु, स्थानिय जनप्रतिनिधि,शिक्षक, कर्मचारी, गैरसरकारी संस्था तथा नीजि क्षेत्रका व्यक्तित्वहरु र सञ्चारकर्मीहरुका बिचमा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
आर्थिक बर्ष ०७६।०७७ का लागि संघ, प्रदेश र आन्तरिक स्रोत गरि रु.४० करोड १३ लाख ६० हजार रकम बरावरको बजेट पेश गर्दै गाउँपालिकाका अध्यक्ष केवटले समग्र ओमसतिया समृद्धिको दिशामा अगाडि बढाउन मार्गदर्शन हुने सभ्य, स्वस्थ्थ र समृद्ध गाउँपालिकाको परिकल्पना गरेका छन् ।

अध्यक्ष केवटले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि तथा शिक्षा र स्वास्थ्यलाई मुख्य जोड दिएको देखिन्छ ।
नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई आधुनिकरण र व्यवसायिकरण गर्नुका साथै गाउँपालिकालाई कृषि हबको रुपमा रुपान्तरण गर्दै कृषि योग्य भुमिलाई विभिन्न ब्लक, पकेट क्षेत्रमा बिभाजन गरि माटो सुहाउदो आधुनिक र नगदे खेतीमा जोड दिएको छ ।
कृषिमा मल, विउमा अनुदान, कृषि उपज संकलन केन्द्र, एक घर एक करेसाबारी, कृषिका लागि भाडामा लिएका जग्गाको ५० प्रतिशत अनुदान, जडिबुटि, वनपैदावार, फलफुल, वनस्पतिहरुको उत्पादन एवं संरक्षणमा समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।


शिक्षा क्षेत्रमा समेत गाउँपालिकाको नीति तथा कार्यक्रमले “ स्वस्थ्य विद्यार्थी उच्च उपलव्धी ” को अवधारणा बमोजिम विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै सवै सरकारी विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्ने र नीजि विद्यालयहरुमा समेत स्वास्थ्यकर्मी राख्ने प्रावधान गरेको छ ।
गाउँपालिका सञ्चालित सबै सरकारी विद्यालयहरुमा अग्रेजी माध्यमबाट सुरु गरिएको पढन पाठनलाई निरन्तरता दिनुका साथै गुणस्तरिय शिक्षा र जनवादी शिक्षालाई जोड दिने कुरा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्राविधिक शिक्षा, पर्यटन शिक्षा र व्यवसायी शिक्षालाई समेत अगाडी बढाउने अवधारणाका साथ आएको नीति तथा कार्यक्रमले रोजगारीमुखी शिक्षा तथा आत्मनिर्भर बन्न सहयोग पुराउने कार्यक्रम समेत देखिन्छ ।
बिद्यालय भर्ना अभियानलाई जोड दिनुका साथै नीति तथा कार्यक्रमले प्राविधिक शिक्षालयहरुको स्थापना गर्ने र खेलकुदका कार्यक्रमलाई समेत समेटिएको छ ।
स्थानिय स्तरमा स्वास्थ्य शिविर राख्ने, बालबालिकाहरुलाई खोपको पुर्ण प्रत्याभुति गराईने, महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता अभिबृद्धि गराउने, नेपाल सरकारको निःशुल्क औषधी तथा स्वास्थ्य सेवा कार्यक्रमलाई प्रभावकारी टेवा पुराउने, स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गराउने र स्वास्थ्य विमा कार्यक्रम लागु गर्न पहल गर्ने कुरा समेत ०७६।०७७ को नीति तथा कार्यक्रममा देखिन्छ ।
गाउँपालिका भित्र सञ्चालित सवै स्वास्थ्य चौकीहरुको स्तरोन्नति, १५ शैया सहितको सामुदायिक अस्पताल, सबै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर, खोप केन्द्र, गाउँघर क्लिनिक भवनको निर्माण र प्रयोगशाला सञ्चालनमा समेत नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।
अपाङ्ग,अशक्त र जेष्ठ नागरिकलाई घरमै प्रारम्भिक स्वास्थ्य जाचको सेवा उपलव्ध गराउने, फोहोर मैला व्यवस्थापन, सरसफाई सम्बन्धी नीति र सर्वाजनिक स्थलहरुको समेत फोहोर मुक्त बनाउने परिकल्पना नीति तथा कार्यक्रमले गरेको छ ।
सबै धर्म, संस्कृति, रीतिरिवाज, संस्कारको संरक्षण र गाउँपालिकालाई धार्मिक पर्यटकिय क्षेत्रको घोषणा गर्ने कुरा समेत नीति तथा कार्यक्रमले समेटिएको छ ।

 


कार्यक्रमले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण महिला, वालवालिका, दलित आदिवासी, जनजाति, मुस्लिम, मधेसी, पिछडा बर्गको प्रवद्र्धन गर्न विशेस कार्यक्रम ल्याउने कुरा समेत बोलेको छ ।
नीति तथा कार्यक्रमले सार्वजनिककरण गर्दै गाउँपालिकाका अध्यक्ष केवटले स्थानिय क्षेत्रमा सडक निर्माण, सरकारी भवनको जिणोद्धार, नदि कटानको न्युनिकरण, गाउँपालिका भित्रका खोलाहरुमा पुल निर्माण, बृक्षा रोपण, सार्वजनिक जग्गाको संरक्षण, विषादीमुक्त गाउँपालिका र समृद्ध गाउँपालिको अवधारणा अगाडी बढाएका छन् ।
गाउँपालिकामा रहेका स्थायी खोला, नाला, ताल, तलैया, पोखरी समेतलाई सरसफाई तथा संरक्षण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार