नेपाल इनभेष्टमेन्ट बैंकको नयाँ एटिएम


रुविना थापा
भैरहवा , २६ असार । नेपाल इनभेष्टमेन्ट बैंक रुपन्देही शाखाले भैरहवाको बैंकरोडमा नयाँ एटिएमको शाखा खोलेको छ । बैंकको ११५ औँ एटिएमको शाखा भैरहवाको मुख्य बजार क्षेत्र बैङ्करोड रहेको नेपाल राष्ट्र बैंकको परिधिमा राखेको छ ।

बिहिबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका प्रमुख राजेन्द्र भट्टाराईले नयाँ एटिएम शाखाको उद्घाटन गर्दै भैरहवा बासीको सहजताका लागि सहयोग पुग्ने बताए । एटिएम उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रदेश नं. ५ का प्रमुख रामराज उपाध्यले जनताको आवश्यकताको मध्यनजर गरी बैंकले आफ्नो कार्यक्रम योजनाहरु अगाडि बढाउने गरेको बताउदै नयाँ एटिएम शाखाले पनि ग्राहकहरुको माग पुरा गर्ने बताए । इनभेष्टमेन्ट  बैंकका कर्मचारीहरु, स्थानीय ग्राहक र राष्ट्र बैंकका अधिकृत गुलाव धवल तथा सञ्चारकर्मीहरुको उपस्थितिमा एटिएमको उद्घाटन गरिएको हो ।

नेपालको लोकप्रिय बैंकको रुपमा परिचित इनभेष्टमेन्ट बैंकले आफ्ना ७८ वटा शाखा कार्यालय १० वटा एक्सटेन्सन काउन्टर ५१ वटा शाखा रहित बैङ्किङ  सुविधा बाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।
बैंक अफ दि एयर प्राप्त गरिसकेको यो बैंकले उत्कृष्ट सेवा लोकप्रिय प्रदशर्नका कारण युरोमनी अन्तराष्ट्रिय पत्रिका बाट युरोमनी अवार्ड फर एक्सिलेन्स बेष्ट बैंक २०१८ प्राप्त गर्न सफल बैंक हो । जसकारण यो बैंक सर्वाेत्कृष्ट बैंक हो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार