सुन चोरको बिगबिगिले भैरहवा त्रासमय


साबित्री घिमिरे
भैरहवा,  असार । सुरक्षाको घेरा भित्र रहेको भैरहवाको मुख्य बजार क्षेत्र बैङ्क रोडको एआर सुनचादि पसलमा असार २४ गते गते चोरि भयो । सुनचादि पसल चोर्ने चोरको गन्ध भने प्रहरीले पत्तै पाएन ।चोरीको भएको स्थान भन्दा एक सय मिटरको दुरी प्रहरी पोष्ट देबकोटा चोक र जिल्ला प्रहरी कार्यालय रुपन्देही रहेको छ । पसल नजिकै नेपाली सेनाका सुरक्षा टोलिले २४ सै घण्टा डिउटी गर्दछ ।


मिलन चोकमा पनि प्रहरीको २४ सै घण्टा डिउटी हुनेगरेको छ । यस्तो सुरक्षाको घेरा भित्र रहेको सुन पसल असुरक्षित भएपछि भैरहवाका व्यवसायीहरु आंतकित बनेका छन् । चोरले सुन पसल तोडि ३० लाख मुल्य वरावरको गरगहना चोरेको छ ।
चार महिना पहिला पनि भैरहवाकै बैङ्क रोडमा रहेका बिके ज्वलर्समा तोडि ४० लाख मुल्य बरावरको गरगहना चोरले लगेको थियो । तर प्रहरीले चोर समात्न कुनै प्रयास नगरेको सुनचाँदी व्यवसायीहरु बताउछन् ।
यसरी रातको समयमा सुरक्षाकर्मीको बाक्लो उपस्थित हुने स्थान नै असुरक्षित भएपछि भैरहवा क्षेत्रमा व्यापार व्यवसायी गर्नेहरुले प्रहरीले चासो नदिदा चोरीका घटनाहरु हुने गरेको बताउछन् ।
व्यवसायीहरु भन्छन्, “ चार महिनामा दुई पसल चोरी भै ७० लाख मुल्य बरावरको गरगहना र नगद लुटिदा पनि प्रहरी मुकदर्शक जस्तै हुनु व्यवसायीका लागि त्रासको बिषय बनेको छ ।
पहिला पहिला चोरहरुलाई नियन्त्रण गर्न प्रहरी तत्परताका साथ लाग्ने गर्दथ्यो अहिले चासो नै नदिदा असुरक्षित महसुस भएको छ सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष प्रकाशमणी रामदामले बताउछन् ।
उनले भन्छन्, “ जनताको सुरक्षा दिनु राज्यको कर्तव्य भएपनि रुपन्देही प्रहरी भने चोरहरुलाई पक्राउ गर्न नसक्नु व्यवसायीहरुका लागि दुःखद बिषय बनेको हो ।
बिगतमा पनि भैरहवा क्षेत्रमा चोरहरुले सताउने प्रयास गर्दथ्यो तर प्रहरीले निस्तेज पारिरहेको थियो तर अहिले प्रहरीले व्यवसायीको सुरक्षामा ध्यान नदिदा समस्या आएको भन्दै सुनचाँदी व्यवसायीले बैङ्करोड बन्द गरेर बिरोध पनि जनाएका छन् ।
बिरोध कार्यक्रममा उद्योग व्यापार संगठनका पदाधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघ, मोवाइल संघ, सुनचाँदी व्यवसायी संघ लगाएत भैरहवाका व्यापारिहरुले बिरोध कार्यक्रममा सहभागित जनाएका थिए । उनीहरुले एक हप्ता भित्र प्रहरीले चोर पक्रिन नसके भैरहवा बन्दको घोषणा समेत गरेका छन् ।
यस बिषयमा लुम्बिनीखवर संग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले चोरहरुको खोजी भैरहेको पक्राउ गर्न नसकिएको भन्दै चोर पक्रिन र अनुसन्धानका लागि प्रहरी सक्रिय पुर्वक लागेको बताए ।
प्रहरी शान्ति सुरक्षा कायम राख्न खटिएको बताउदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भण्डारीले प्रहरीले आफ्नो कर्तव्य पुरा गरिरहेको जनाए ।
सीमा क्षेत्रको नजिक र बाक्लो बजार क्षेत्र भैरहवामा चोरहरुले विशेष गरेर रातको समयमा चोर्ने गरेका छ । चोरहरुले आधुनिक प्रकारका चाबी तोड्न् सामान सहित बजार क्षेत्रमा प्रवेश गर्दा प्रहरी चनाखो नहुनु गम्भिर बिषय बनेको छ । जसलाई प्रहरीले रोक्न नयाँ योजनाका साथ लाग्नु पर्दछ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार