हावाहुरी प्रभावित गाउँमा ः प्रदेश सांसद न्यौपाने


 

कमल रायमाझी
भैरहवा,३१ असार । रुपन्देहीको पुर्वि दक्षिण क्षेत्र रोहिणी गाउँपालिकाको वडा नम्बर २ र ७ मा सोमवार साझ आएको हावाहुरीले पुराएको क्षती बुझ्न त्यस क्षेत्र बाट निर्वाचित प्रदेश सांसद दधिराम न्यौपाने स्थलगत निरिक्षणमा पुगेका छन् ।


अचानक आएको हावाहुरीले स्थानिय बासिन्दाहरुको टिनले छाएका घर गोठ उडाउनका साथै कच्चि गाह्रो भएका घरहरु भत्काईदिए पछि प्रदेश सांसद न्यौपाने गाउँपालिकाको वडा नम्बर २ र ७ मा पर्ने टिकर, लखनौटिया, मैनिहवा, खोखरनी पुगेको स्थानियले बताएका छन् ।


साझको समयमा अचानक आएको हावाहुरीले आफ्नो निर्वाचन क्षेत्रमा क्षति पुराएको जानकारी पाएर हावाहुरी वाट प्रभावित क्षेत्रमा पुगेका प्रदेश सांसद दधिराम न्यौपानेले सहयोगको लागि प्रदेश सरकार संग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको स्थानिय समाजसेवी प्रदिप कुमार पाण्डेले बताए ।


रोहिणी गाउँपालिकाले पनि हावाहुरी प्रभावित क्षेत्रमा क्षति विवरण तयार गरि राहतको लागि पहल भैरहेको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताए । उनले हावाहुरी वाट स्थानिय क्षेत्रमा पुगेको क्षती सामाजिक संघ सस्था संगको सहकार्यमा सहयोग गरिने जानकारी दिए ।
हावाहुरीका कारण २६ वटा घरलाई क्षती पुराउनुका साथै ९ लाख ८० हजार रुपैया मुल्य बरावरको क्षती भएको इलाका प्रहरी कार्यालय धकधईले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरिक्षक जिवन कुमार सुनारी मगरले साझको समयमा आएको सुख्खा हावाहुरीले स्थानियहरुलाई त्रासमा पार्नुका साथै घर गोठमा क्षती पुराएको जानकारी दिएका छन् । उनले राहत वितरणका लागि समेत प्रदेश र स्थानिय सरकारले क्षतिको विवरण तयार गरेको बताए ।


विभिन्न कारणले बातावरणमा हुने प्रदुषणका कारण यस्ता प्राकृतीक प्रकोप आउने भन्दै भुगोलबिद तथा त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक उमेश चन्द्र रिजालले रोहिणी गाँउपालिकाका वडा नम्बर २ र७ मा आएको हावाहुरी गत चैत महिनामा पुर्वी नेपालको बारा र पर्सामा आएको हावाहुरी जस्तै प्रकृतीको भएपनि छोटो समय भएकाले धेरै क्षती नपुराएको बताए ।
उनले बातावरण प्रदुषण रोक्न सके मौसममा हुने गडवढी पनि रोकिने भन्दै आम जनसमुदायहरु प्राकृतीक क्षेत्रको संरक्षणमा जुटनु पर्ने सुझाव दिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार