करमा ठगी बढ्दो


भैरहवा, श्रावण

पछिल्लो समय नेपालमा दुई तिहाइको स्थायी सरकारले नेतृत्व गरिरहेको छ । सरकारले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनाका साथ राज्य सञ्चालन गरिरहोको देखिन्छ ।

राज्य सञ्चालन गर्दा सरकारले जनता माथि बाडेको सपना र प्रतिबद्धताहरु अपेक्षाकृत रुपमा पुरा हुन सकेको छैनन् । राज्यको बागडोर सम्हाल्ने नेताहरु भषण र गफ चुटदै एकातिर हिडिरहेका छन भने अर्को तिर देशको मेरुदण्डको रुपमा रहेको राजस्व असुलीमा राज्यका संयन्त्रहरु कमजोर देखिएका छन् । राज्य भन्दा यहाँ बसोबास गर्ने मानिसहरु नै धनी र समृद्ध देखिए पछि समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना कसरी पुरा हुन सक्छ ? राज्यमा दैनिक जसो व्यापार घाटा बढ्दो देखिएको छ । देश उत्पादन मुखी भएर आफ्ना उत्पादन निर्यात गर्न वैदेशिक लगानी भित्र्याएर देशमा ठूला – ठूला उद्योग कलकारखाना संचालन गरि धेरै नेपालीलाई स्वरोजगार बनाउने अस्तव्यस्त भएको राज्य संयन्त्रलाई चुस्तदुरुस्त बनाउन सरकार लागेको देखिदैन । जसको फाइदा दलाल माफिया र राजस्व छलि गर्नेहरुले लिइरहेका छन जुन प्रत्यक्ष रुपमा देख्न सकिन्छ । हिजो चप्पल लगाएर झुपडीमा बस्नेहरु आज आलिसान महल र चिल्ला कारहरुमा हुइकिएको देखिन्छ । जसको आयश्रोत के हो ? कहाँबाट आइरहेको छ ? सरकारसँग कुनै जवाफ छैन । यस कारण नेपालमा पछिल्लो चरणमा आर्थिक अवचलन संस्थागत भष्टचार बढदो रुपमा हिडिरहेको छ  । यो देशमा व्यापार व्यसाय गर्नेहरु समेत तस्करी र राजस्व ठगीमा मुख्य रुपमा लागेका छन् । नक्कली पान विल, नक्कली भ्याटविल प्रयोग गरेर राज्यलाई कर छल्ने जमात नेपालमा सक्रिय देखिन्छ । उनीहरुले राज्यबाट खटिएका कर्मचारीहरुको मिलोमतिमा भन्सार देखि आन्तरिक राजस्व कार्यालय सम्म सेटिङ मिलाएर राजस्व छल्ने गरेका छन् । जसका कारण मिलेमतो गर्ने कर्मचारी देखि ठग र तस्कर व्यापारीहरु राता रात अरवपती भएर निस्कने देश नेपाल भएको प्रष्ट देखिन्छ । यसरी राज्य संयन्त्रकै मिलेमतोमा हुने ठग तस्कर देखि राजस्व छलि सम्म नरोके सरकारले देखेको सुखी नेपाली र संमृद्ध नेपालको परिकल्पना कहिल्यै पुरा हुदैन ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार