भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन


एजेन्सी
दिल्ली, २२ साउन । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उनीको ६७ वर्षको उमेरमा निधन भएको हो । मृर्गौला प्रत्यारोपण पछि औषधी सेवन गर्दै आएको स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ृएम्से मा भर्ना गरिएको थियो ।

स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्र्याका थिए उनको मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहरेको अवस्थामा निधन भएको बताइएको छ । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै यो कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन । प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ’ स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छन् ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनको स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतितिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, ‘भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरिब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ ।

उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।’ भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसमा तपाइको मत

अन्तराष्ट्रिय बाट अन्य समाचार