रेसुङ्गाको विकास कहिले ?


Kamal Rayamajhi

नेपाल धर्म निरपेक्ष देश भएपनि यहाँ अधिकांश मानिसहरु हिन्दुधर्म प्रति ठूलो आस्था र विश्वास राख्ने गरेका छन् । विश्वमा पुरानो धर्मग्रन्थको रुपमा मान्दै आएको वेद पुराणलाई हिन्दु धर्मको रुपमा नेपाल र भारतमा मुख्य रुपमा मान्ने गरिन्छ भने संसार भरि यो धर्म मान्नेहरु धेरै रहेका छन् ।
यो धर्म मान्नेहरु मठ मन्दिर पीठ पीठाधिसहरुलाई पूजाआज गरेर ईश्वरप्रति विश्वास राख्दछन् ।
नेपालमा पशुपतिनाथ, मुक्तिनाथ स्वर्गद्धारी सुपादेउराली भैरवस्थान बल्ढेङगढीदेवी आदि हिन्दु धर्मालम्वीहरुले पूजा गर्ने मुख्य आस्थाका केन्द्र हुन् । यस्ता मन्दिरहरु नेपालमा सायौँको सख्यामा टोल टोल बस्ती बस्ती र घरघरमा रहेकाछन् । त्यस्तै त्रिवेणीधाम , जनकपुरधाम, रुरुक्षेत्र र रेसुङ्गाधाम पाणिनी तपोभूमि,यस क्षेत्रका मुख्य तिर्थस्थलका रुपमा परिचित रहेकाछन् । यस कारण नेपालमा परम्परा कालदेखि यस्ता धार्मिक स्थलहरुको र संरक्षणमा समस्या परेको छ । राज्यले धार्मिक स्थलहरुको विकास गर्न नचाहन,े मानिसहरुले सरकारले गरिदेला र अगाडी बढौला भन्ने सोच राख्दा यस्ता सम्पदाहरु ओझेलमा परेका हुन् ।

यस्तै ओझेलमा परेको सम्पदामध्ये एक हो रेसुङ्गा तपोभूमी । स्वामीहरुले तपस्या गरेर सिद्ध प्राप्त गरेको यो तपोभूमी समुन्द्र सतहबाट २३४७ मिटर उचाइमा रहेको छ । क्रृष्यशृङ्ग महर्षिको यस तपोभूमीमा विभाण्डक मुनीले तपस्या गरेको यो भूमी उनको छोरा ऋष्यशृङ्गले सिद्ध प्राप्त गरेको ठाउँ हो ।
पछिल्लो चरणमा स्वामी शशिधरले समेत ठूलो तपस्या र साधना गरेको यस पून्यभूमि अहिले ओझेलमा परेको छ ।
राणा र शाह वंशिय समेत यस स्थलको दर्शन गरिसकेको यो स्थल अहिले विकास र आधुनिकताले ओझेलमा पर्नु दुखद विषय हो । यही तपोभूमिमा महाप्रभु लक्ष्मी नारायणले वाल्यकालदेखि नै आफ्नो साधनालाई सिद्धप्राप्त नहुँदासम्म तपस्या गरेका थिए ।

यहाँ रेसुङ्गा यज्ञशाला शिद्ध स्थान रेसुङ्गा मठ महापोखरी सानो रेसुङ्गा, गौशला , साउनेमठ जस्ता महत्पूर्ण धार्मिक स्थलहरु रहेकाछन् । जसको संरक्षण र व्यवस्थापन गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको देखिन्छ । परराष्ट्रमन्त्री, प्रदिप ज्ञवाली श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री शुदर्शन बराल,नेता चन्द्र भण्डारी यसै जिल्लाबाट प्रतिनिधित्व गर्ने शक्तिशाली नेता हुन् भने ५ नं. प्रदेशका पर्यटनमन्त्री लिला गिरी यही जन्मस्थान भएका मन्त्री हुन् । यसरी राजनीति क्षेत्रमा समेत प्रभाव पार्न सक्ने नेतृत्व यहाँ रहेर पनि यहाँको विकास हुन नसक्नु दुर्भाग्य रहेको छ । यस विकास हुन सकेमा करोडौँको संख्यामा हिन्दुू धर्मालम्वीहरु यहाँको दर्शन गर्न जाने देखिन्छ । जस कारण धार्मिक पर्यटकले सिङ्गो गुल्मीको विकासमा सहयोग पु¥याउने थियो । यस प्रति समयमै राज्यको ध्यान जावोस शुभकामना

 

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार