भैरहवा भन्सारबाट मात्रै २७ लाख बढीको जनै बनाउने धागो भित्रियो


लुम्बिनीखबर
भैरहवा, साउन  । आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन छ ।

आजका दिन हिन्दू धर्मालम्बीहरुले नयाँ जनै लगाउने चलन रहेको छ । जनै धागोको बनाउने गरिन्छ । ब्राहमण, क्षेत्री पुरुषले प्रयोग गर्ने जनै बनाउने धागो समेत नेपालमा उत्पादन नहुने गरेको देखिएको छ । जनै बनाउनकै लागि वर्षेनी लाखौं मूल्य बराबरको धागो भारतबाट आयात गर्ने गरिएको तथ्यांकले देखाएको छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २७ लाख ८६ हजार ६ सय १४ मूल्य बराबरको धागो आयात भएको कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए । भारतबाट आयात हुने धागोमा गत वर्षसम्म एक प्रतिशत भन्सार कर लाग्ने गरेकोमा चालु वर्षमा ५ प्रतिशत लाग्ने गरेको छ ।
आयातमा परनिर्भर हाुदा वर्षेनी व्यापार घाटा बढिरहेको बेला नेपालमा जनै बनाउने धागो समेत भारतबाट आयात भइरहेको देखिएको छ । भारतबाट आयातित धागोबाट जनै, ज्योति बनाउने गरिन्छ ।
हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् । ऋषितर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तील, कुशसहित नदी किनार, पोखरी, तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पणी समेत भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊु भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
आज गुल्मीको रिडी, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, रामेछापको पाँचपोखरी, सिन्धुपाल्चोकको दुधपोखरी, लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएको जनविश्वासअनुसार आजको दिन भ्यागुताको पूजा गर्ने प्रचल

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार