असत्य माथि सत्यको पर्व दशै


लुम्बिनीखबर
नेपालीहरुको प्रमुख चाडको रुपमा विजयादशमीलाई मान्ने गरिन्छ । नेपालीहरुको राष्ट्रिय चाडको रुपमा रहेको दशैमा हिन्दूधर्मालम्बीहरुले विशेष रुपमा दुर्गा देवीको आराधना गर्ने गर्दछन् । बिजयादशमी आश्विन शुक्ल प्रतिदादेखि नवमीसम्म पूजा पाठ र दशमीको दिन मान्यजनको हातबाट टिका ग्रहण गर्दै पूर्णिमा कोजाग्रत सम्म मनाउने गरीएको संस्कृत विदहरु बताउछन् ।


घटस्थापनामा घरघरमा जमरा राखी शुरु हुने यो पर्वले नेपालीहरुको घर आगनमा खुसियाली भित्र्याउने गरेको विश्वास समेत रहेको छ । यसलाई असत्यमाथी सत्यको बिजयको रुपमा समेत लिने गरिन्छ । यस पर्वमा आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टिका लगाइ नयाँ – नयाँ कपडाहरु लगाउने आफ्नो क्षमताअनुसार मीठो मसिनो खाने र खुवाउने घर आँगन बाटोघाटो सफा राख्ने चाडपर्वको रुपमा नेपालीहरुले लिने गरेको बुद्घिजिवीहरु धरणा रहेको छ ।
विशेष गरी नयाँ कार्यको सुरुवात समेत यस पर्वबाट शुरु गर्दा सफलता समेत प्राप्त हुने विश्वास गरिएको छ ।
हिँदू धर्ममा मान्ने नेपाल भारत तथा भुटान र बर्मामा समेत यो पर्वलाई विभिन्न तरीकाले मनाउने गरिन्छ । नेपालीहरुले भने यो पर्वलाई निधारमा टिका र जमरा लगाई मान्यजनबाट आर्शिबाद लिने गर्दछन् । यो पर्वको बारेमा साहित्यकार लक्ष्मी शर्मा भन्छिन् दशैलाई समय र भव्य रुपमा मनाउने परम्परालाई निरन्तरता दिन पर्दछ । फजुल खर्चको कटौती गर्दै परम्परा धान्ने गरिबका झुपडि सम्म प¥याउने प्रयास राज्यले गरेमा पर्वको महत्व अझै बढ्ने बताउछिन् । बिजयादशमी भनेको असत्य माथि सत्यको जित हुने भएको पनि मानिसहरुले असत्य मार्गलाई त्यागि सत्यको मार्गमा हिड्नु पर्ने साहित्यकार शर्माको भनाई रहेको छ । बुद्घिजिवी तथा शिक्षाविद् गंगा प्रसाद शर्माले घरघरमा जमरा राखेर मान्यजनबाट टिका ग्रहण गरी मनाइने यो पर्व नेपालीहरुको लागि खुसी र आनन्दको पर्व हो । यस पर्वले आफ्न्तहरुको भेटघाट तथा पुरानो परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लगेकाले पनि यो पर्वको महत्व बढ्दै गएको बताउछन् । यस बिषयमा महम्मद इबा्हम खानले दशै पर्व नेपालीहरुको महान पर्व रहेकोले मुस्लिम समुदायले समेत यस पर्वलाई सदभावको रुपमा लिने गरेको बताउछन् । उनले बिजयादशमी कुनै व्यक्ति बिशेषको भन्दा पनि हामी सबै नेपालीहरुको खुसीयालीको पर्व रहेको दावी गर्दछन् ।
यसकारण बिजयादशमी नेपाल र नेपालीहरुका लागि महत्वपूर्ण चाडपर्वको रुपमा रहेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार