दिदीभाई लडाउन दलाल अग्रसर


पाल्पा (बल्ढेङ्गढी), ४ मंसिर । पश्चिम पाल्पाको बल्ढेङ्गढीमा दलालका कारण दिदीभाईको खरबारी साँध विवादले ठूलो रुप लिएको छ । खरबारीमा एकले अर्काको साँध मिचेको भन्दै सामान्य विवाद हुँदा दलालहरुले यसलाई समाज विखण्डनका रुपमा प्रहरी चौकीमा निवेदन दिन लगाउने र पत्रपत्रिका समाचार समेत लेखाउने गरेको भन्दै स्थानीय बुद्धिजिबीहरुले आक्रोस व्यक्त गरेका छन् ।


बल्ढेङ्गढीका सोम बहादुर रायमाझी र कौशिल्या गाँहाको साँध विवाद केही दिन अघि भएको थियो । सामान्य झगडा हुँदा दिदी कौशिल्लाहले भाई सोम वहादुरलाई पिटन जादा भाईले दिदिलाई धकलेका थिए जसलाई समाजका केही व्यक्तिले सोम बहादुरले कुटपिट गरेयो भन्दै प्रहरी चौकिमा निवेदन दिन लगाए पछि समस्याले ठुलो रुप लिएको हो ।
यो कुरा समाजका लागि गलत भएको स्थानीयहरु बताउछन् । कुरा सामान्य थियो तर बीचमा केही भरौटेले ठूलो रुप बनाए भन्दै स्थानीयहरु दुःख व्यक्त गरेका छन् । कौशिल्या र सोम बहादुर एकै गाउँका आपसमा दिदीभाई नाता भित्र पर्दछन् ।
यस्तो पवित्र नाता भित्र र परिवार भित्रका सामान्य कुरा प्रहरीमा पु¥याउने र आपसमा लडाउने केही पात्र क्रियाशिल हुँदा बल्ढेङ्गढी अहिले आतंकित बनेको छ । कुनै चोटपटक छैन, कुनै देखिने प्रमाण छैन, कसरी कुटपिट हुन्छ स्थानीयहरुको भनाई छ । यस्ता सामान्य विवाद परिवार भित्रै मिल्न सक्ने भए पनि लडाएर मज्जा लिने चरित्रका मानिसहरुले समाजमा समस्या पारेका छन् । गाउँकी एक सोझी महिलालाई उचालेर प्रहरी सम्म पुराउने र लडाउने प्रवृद्धी भएका मान्छेका लागि समेत प्रहरीले अप्रेसन गर्नुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार