बिकास निर्माणमा व्यवसायिकको भूमिका


लुम्बिनीखबर

नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा सुनचाँदी व्यवसायी (बि.के ज्वेलर्स ) भैरहवाका प्रेमकुमार सेन्चुरी सँग लुम्बिनखबर पत्रिकाले गरेरको कुराकानी

१. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भुमिका खेलको छ ?

उत्तर ः राष्ट्रबैंकको नीति र कार्यक्रम अनुसार हामीले राष्ट्रबैंकमा सुन राखेको अवस्थामा बैंकलाई कर तिरी राखेको छौ । त्यसै गरी आन्तरिक राजस्व कार्यालय तथा नगरपालिकामा व्यवसायी कर बुझाउँदै आएका छौ । त्यसै गरी वार्षिक रुपमा पनि कर असुली गर्ने संघ संस्थाहरुलाई करोडौँ रुपियाँमा कर बुझाई देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि महत्वपूर्ण भूमिका खेलेका छौ ।

२. यहाँले सञ्चालन गरेको व्यसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?

उत्तर ः पहिलाको तुलनामा अहिले हाम्रो अवस्था भन्नु पर्दा सन्तोषजनकैरहेको देखिन्छ । म यस पेशामा संलग्न रहेको ४० वर्ष भयो । ४० वर्षको अन्तरालमा सुनको दरभाउँ घटबढ भएको अवस्थामा अलिकति कारोवार ठप्प हुँदा अवस्था कमजोर भयो यो वर्ष पनि तीजको बेलामा सुनको दरभाउ घटबढले गर्दा अवस्था कमजोर भयो अहिले दशैैँ र तिहारको अवसरमा अवस्था सुध्रियो । विवाह पार्टी महोत्सव र अपर्झट पर्ने कार्यक्रमहरुमा सामान सप्लाई गरी ग्राहकवर्गहरुलाई सन्तुष्ट बनाएका छौ । अहिले सुनको बजार राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सुधार भएको छ । यसमा हामी पनि सन्तुष्ट छौँ । हालसम्म यस प्रष्ठिानले १६÷१७ जनालाई रोजगार दिएको छ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?

उत्तर ः हामी सफल छौँ, सन्तुष्टी छौँ । सम्पूर्ण ग्राहकहरु हामी कहाँ नै आउने गर्छन् । वि.के ज्वेलर्स भनेपछि सबैले चिनेका छन् । अहिले सम्म सबै ग्राहकहरुको विश्वास मन जित्न सफल भएको छु । वि.के ज्वेलर्समा आउने ग्राहकहरुको लागि सुनको शुद्धिकरणमा कुनै खोट छैन् । मेरा नयाँ पुराना ग्राहकहरु धेरै छन् । आगामी दिनहरुमा हाम्रो पेशालाई अझै मर्यादित र सुरक्षित बनाइयोस यसको लागि हामी सुनचाँदी व्यवसायीहरुलाई राज्यको तर्फबाट पनि निगरानी हुन जरुरी छ ।
४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?

उत्तर ः यो व्यवसाय सञ्चालन गरेको ४० वर्ष भयो । धेरै कठिनाईहरु भोगियो । सुरुमा काम सिक्दा अलिकति अफ्ठ्यारो महसुस भयो । बुवाले काम सिकाउनु भयो । बुवाले सिकाएको काममा हामी अनुशासित भएर काम गरियो । व्यवसाय बिस्तार भएपछि हामीले काम गर्नको लागि कारिगढहरु राख्यौँ । सुनको काममा विश्वास र इमानदारीता धेरै चाहिने हुनाले कारिगढलाई सिकाउदै काम गर्दै गरियो । व्यवसाय पटक – पटक चोरी हुने विश्वासिलो कामदार नपाउने हँदा कठिनाइ झेल्नु प¥यो । अहिले सबै कामदारहरु आफ्नो काममा निपूर्ण छन् । समस्या न्यूनिककरण भएको छ ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?

उत्तर ः परिवारका दैनिक आवश्यकता परिपुर्ती गर्नु यो व्यवसायको लक्ष्य हो । सुरुमा हामी पढाई लेखाईमा संम्लग्न थिएनौँ । यही व्यवसायबाट समाज सेवा गर्ने र आर्थिक उपार्जन गर्ने उद्देश्य नै यसको लक्ष्य हो । अहिले अपेक्षा केही हतसम्म पुरा भएको छ । तर यो व्यवसायमा वैधानिकता चाहिएको छ । व्यवसाय गर्दा सुनको सुद्धिकरणको अभाव रहेको छ । त्यसैले सरकारले सुद्धिकरण र वैधानिकताको लागि व्यवस्था गर्नुपर्छ । यो व्यवसाय सबैको मन जित्ने र मर्यादित पेशा बनोस वि.के ज्वेलर्स सबैको आँखाको नानी बनोस भन्ने अपेक्षा छ ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?

उत्तर ः बुवाले अङ्गालेको पेशा भएको हुनाले मैले पनि यही पेशा अङ्गालेको हो । बुवाको कामको सहा्रनिया गर्न चाहान्छु । दैनिक आवश्यता परिपूर्ति र विशेष गरी समाजसेवाको भावले यही पेशा नै रोजेको हुँ ।

यसमा तपाइको मत

अन्तर्वार्ता बाट अन्य समाचार