आँखा अस्पतालको स्थापना दिवस


कमल रायमाझी

भैरहवा, १३ मंसिर । यस क्षेत्रको ख्याति प्राप्त आँखा अस्पताल लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका आँखा अस्पताल र नेपाल नेत्रज्याति संघ रुपन्देहीको ३८ औँ स्थापना दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रदेश सरकारका उद्योग वन तथा वातावरण र पर्यटन मन्त्री लिला गिरीले स्थापना दिवसको शुभारम्भ गर्दै आँखा अस्पतालको बिकासले प्रदेश नंं.५ लाई नयाँ आयाम दिएको बताए । उनले रण अम्बिका शाह आँखा अस्पताल विश्वकै नमुना अस्पतालको रुपमा बिकास हुनु सबैको लागि गर्भको विषय रहेको जनाए ।मन्त्री गिरीले सेवामूलक संस्थाको रुपमा रहेको यस संस्थाले सबै क्षेत्रमा पुगेर जनतामाझ लोकप्रियता कमाउनु पनि सरकारका लागि राम्रो पक्ष रहेको मन्तव्यको क्रममा बताए । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका नि वर्तमान नगरप्रमुख तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष सागर प्रताप राणाले हिजोको आँखा अस्पताल नहुँदाको पीडा सुनाउदै आफूहरुले रण अम्बिका शाह आँखा अस्पताललाई यहाँ सम्म ल्याई पु¥याउन निकै मेहनत र कष्ट सहेको कुरा सुनाउनु भयो । उनले समाजमा हिजो आँखा उपचार गर्न नपाएर भारत, काठमाडौँ दगुर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै खोलिएको यस अस्पतालले नेपालको मात्र नभएर म्यानमार, भुटान र स्टटिमुरमा सम्म पुगेर आफ्नो सेवा प्रदान गरेको ३८ औँ स्थापना दिवसको अवसरमा बताए ।


कार्यक्रमा प्रदेश नंं. ५ समाजवादी पार्टीका प्रदेश सभा सचेतक सन्तोष पाण्डेले प्रदेश सरकारका तर्फबाट यस आँखा अस्पताललाई अगाडि बढाउन आफूले सक्दो प्रयास गरेको बताए । सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा काफ्लेले नेपाल नेत्र ज्योति संघमा आम सर्वसाधारणका लागि समेत सरोकार राख्न अनुरोध गर्दै नगरपालिकाले स्थानीय सरकारको तर्फ बाट आफूहरु सहकार्य गर्न तयार रहेको बताइन । कार्यक्रमा प्रदेश सभा सदस्य तल्सी चौधरी, अष्टभुजा पाठक, अस्पतालका निमित्त चिफ डाइरेक्टर सहप्राध्यापक डा. ज्ञानेद्र लामिछानेले समेत मन्तव्य राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता हकीकुल्ला खाँ, नेपाल नेत्र ज्योति संघका प्रदेश न.ं ५ का सचिब राजेन्द्र पन्थी, इट्टा व्यवसायी संघका महासचिब अजय गुप्ता, स्थानीय सरकार र प्रमुखहरु सनोज कुमार यादव, अयोध्या चौधरी, उद्योगपति धुब्र कुमार श्रेष्ठ लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । नेपाल नेत्र ज्योति संघ रुपन्देहीका सचिब गणेश बहादुर क्षेत्रीको संचालन र नेपाल नेत्र ज्योति संघ रुपन्देहीका अध्यक्ष कमलराज जोशीको अध्यक्षतामा कार्यक्रम स्थापना दिवस सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार