४ महिनामा ३३९६ राहदानी वितरण


कमल रायमाझी
भैरहवा, मंसिर । रुपन्देहीमा आर्थिक वर्ष २०७६/०७७ को श्रावण देखि कात्तिकसम्ममा ७ हजार ६ सय १७ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । जसमा ६ हजार ९ सय ९२ वंशजका, ६ सय ११ वैवाहिक, १४ जना अङ्गिकृतलाई नागरिता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । यसै गरी ३ हजार ३ सय ९६ प्रतिलिपि नागरिकता समेत रुपन्देहीबाट वितरण गरिएको छ ।

३ हजार ७ सय २८ राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । यी नागरिताहरु जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय मझगावा बाट वितरण भएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो ०७६÷०७७ को प्रथम चौमासिक प्रतिवेदनमा विभिन्न कसुर गर्नेहरु विरुद्ध २ सय २३ वटा मुद्दा दर्ता भएको, ९२ वटा फस्र्यौट गरिसकिएको र १ सय ३१ प्रक्रियामा रहेको समेत जनाएको छ ।
१ सय ७६ ठाडो उजुरी परेकोमा ४८ वटा किरिया खर्च क्षतिपुर्ति, मा.प.से. १४४ होहल्ला गर्ने विरुद्ध १४२ मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा देखिन्छ । यो चौमासिक अबधिमा विभिन्न विपतबाट समस्यामा परेका ११ जना पिडितहरुलाई रु.५५ हजार आर्थिक सहयता समेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको श्रावणदेखि कात्तिक महिना सम्मको अवधिमा २८० जना नाबालकलाई नाबालक परिचयपत्र वितरण गरिएको, ६ सय ८५ जनाको समावेशी प्रमाणित गरिएको ८ सय ९२ जनालाई पेन्सन सिफारिसमा व्यक्ति प्रमाणित गरिएको, दुई वटा पत्रपत्रिका दर्ता, ७० थान हातहतियार नवीकरण गरिएको समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यही चौमासिकमा ३ सय ३ वटा बजार अनुगमन, ११ वटा सरकारी कार्यालय अनुगमन १३ वटा लागुऔषध पुःन स्थापना केन्द्र अनुगमन एक पटक जिल्ला कारागारको अनुगमन तथा निरीक्षण गरिएको, जिल्ला प्रशासन कार्यालयले बताएको छ । यो ४ महिनाको अबधिमा जिल्लामा रहेका कार्यालय प्रमुखहरुको बैठक ४ पटक बसेको, सूचना अधिकारीहरुको बैठक १ पटक प्रदेश सुरक्षा स्तरीय गोष्ठी १ पटक, अन्तरजिल्ला प्रमुख जिल्ला अधिकारीको समन्वय बैठक १ पटक, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँगको समन्वय बैठक १ पटक, विपत सम्बन्धी बैठक २ पटक, जिल्ला अनुगमन तथा समन्वय बैठक १ पटक, कर्मचारी बैठक ४ पटक बसेको, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो रेकर्डमा जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो चौमासिक प्रतिवेदनमा सार्वजनिक विदाको दिन सरकारी सवारी साधन चलाउनको लागि २४५ जनालाई अनुमति पत्र दिएको रासायनिक पदार्थ सिफारिस २ जनालाई समेत गरेको देखिन्छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार