बल्ढेङगढीकी सरुलाई सागमा स्वर्ण


कमल रायमाझी
पाल्पा (बल्ढेङगढी),१८ मंसिर । पश्चिम पाल्पाको रैनादेवी छहरा वडा नम्बर ७ बल्ढेङगढी चिदिपानीकी सरु कार्कीको टिमले १३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाएको छ ।


सोमवार काठमान्डौको सातदोवाटो स्थित कर्वडहलमा भएको कराते तर्फको टिम कातामा पाकिस्थानलाई पछि पार्दै नेपालको तर्फ बाट सरु कार्कीको टिमले स्वर्ण पदक जितेको हो ।
सागको कराते तर्फको कातामा पाकिस्थानलाई २३.३ अंकमा सिमित राख्दै नेपाललाई २४.८८ अंकका साथ स्वर्ण पदक दिलाउन उनको टिम सफल भएको हो ।
टिम कातामा नेपालको तर्फ बाट सरु कार्की, संगिता मगर र निर्मला तामाङ खेलेका थिए ।

सरुको जित संगै उनको गाउँमा खुसीयाली
१३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी सरु कार्कीको जित संगै उनको जन्म स्थान पाल्पाको बल्ढेङगढीमा खुसीयाली छाएको छ । विगत र अशिक्षाका कारण पछाडी परेको यो गाउँमा उनले देशका लागि स्वर्ण पदक दिलाएको खवर रेडियोमा समाचार आए संगै गाउँभरिका मानिसहरु एकै ठाउमा जम्मा भएर खुसियाली साटासाट गरेको छन् ।
राज्यले हाम्रो गाउँलाई विकासमा पछाडी पारेपनि हाम्री चेलीले स्वर्ण पदक राज्यका लागि दिलाएकी छिन भन्दै यस गाउँका वडा अध्यक्ष देबेन्द्र पुनले उनको सफलताले आफुहरुलाई हर्षविभोर पारेको बताए ।
उनले भने, “ सरुको जित संगै हामीलाई खुसीको सिमा नै छैन ।” बल्ढेङगढीको सिंगो गाउँ सरुको सफलताले दिलाएको स्वर्णले जिवनमा पहिलो चोटि खुसिपारेको भन्दै उनलाई भेटन आतुर रहेका वडा अध्यक्ष पुन बताउछन् ।

को हुन त सरु
पश्चिम पाल्पाको रैनादेवी छहरा वडा नम्बर ७ बल्ढेङगढी चिदिपानीमा जन्मेकी सरु कार्की नुर बहादुर कार्कीकी नातिनी, ओम बहादुर कार्की र टुमकली कार्कीका ६ जना छोरा छोरि मध्यकी माईली छोरि हुन । उनि माथि एक जना दाई र दिदि हुनुहुन्छ भने अरु सवै भाई बहिनी छन् ।
परिवारको प्रतिष्ठा र जिन्दगी जिउनका लागि आज भन्दा सात बर्ष पहिला नेपाल प्रहरीमा भर्ना भएकी सरुलाई कराते ले देशमा मात्र अन्तराष्ट्रिय क्षेत्रमा पनि चिनाउदा उनको जन्म गाउँमा खुसियाली छाएको छ ।
नेपाल प्रहरीले दिएको अवसरलाई उनले दुःख र सर्घषले बिताएको बाल्यकालले आज स्वर्ण पदक दिलाउने सम्म बनाउदा सवैमा खुसी ल्याएको हो ।

उनले पढेको स्कुलमा पनि खुसी
सरुको जित संगै उनले कक्षा १ देखी ८ सम्म अध्ययन गरेका गहते माध्यामीक बिद्यालय र कक्षा ९ र १० सम्म अध्ययन गरेको सत्यवती माध्यामिक बिद्यालयमा पनि खुसीयाली छाएको छ । उनका गुरुहरु र स्कुलमा पढिरहेका बिद्यार्थीहरुमा उनले कमाएको ख्यातीले शिर उच्च बनाएको स्कुलमा प्राचार्यहरुले बताएका छन् । हामीले हुर्काए र सिकाएकी शिष्यले देशका लागि खेलक्षेत्र बाट स्वर्ण दिलाउनु एक गुरुका लागि यो भन्दा अरु सफलता केहि हुन नसक्ने भन्दै प्राचार्यहरुले गर्व गरेका छन् ।
गहते र सत्यवती माध्यामिक बिद्यालयमा उनले दिलाएको सफलता स्कुलले आफै जिते जस्तै भएको बिद्यार्थीहरुले समेत बताएका छन् ।

 गाउमा छिमेकी
सरल र हक्की स्वाभावकी सरु कार्की काममा इमान्दार र मिहिनेत गर्ने लगनशिल भएको उनका छिमेकीहरु बताउछन् । अरुलाई सहयोग गर्ने र दुःख संग नआत्निे बानी उनको बाल्यकालमा रहेको थियो । दैनिक २ घण्टाको पैदल मार्ग हिडेर स्कुल जिवन विताएकी सरुले जिन्दगीमा सुख त पाउछे भन्ने लागेको थियो तर देशका लागि यति ठुलो सफलता दिनु गाउँबासीका लागि खुसीयाली भएको उनिहरु बताउछन् ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार