उद्योगी भन्छन्ः बेमौसमी वर्षाले पौने अर्बकोे इट्टा नष्ट भयो


लुम्बिनीखबर
भैरहवा,  मंसिर । बेमौसमी वर्षाका कारण प्रदेश नम्बर पाँचमा रहेका २ सय ७ इटा उद्योगमा लगभग८६ करोड ६८ लाख रुपैया बराबकरको काँचो इटा नष्ट उद्योगीले बताएका छन् ।
व्यवसायीहरुले काँचो इटा नष्ट भएसंगै इटा व्यवसायीहरुलाई ठूलो आर्थिक मार परेको पनि बताए । प्रदेश नम्बर ५ इटा उद्योग व्यवसायी संघ नेपालले शनिवार भैरहवामा पत्रकारहरु संगको भेटघाटमा इटा व्यवसायीहरुले यस वर्ष बेमौसमी वर्षाका कारण इटा उत्पादनमा कमी आउने र उत्पादन लागत समेत बढ्ने प्रदेश नम्बर ५ इटा उद्योग व्यवसायी संघ नेपालका अध्यक्ष धानेश्वर घिमिरेले जानकारी दिए ।
नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया लगायतप्रदेश नम्बर ५ मा रहेका जिल्लाहरुमा भएका इटा भट्टाहरुमा १८ करोड २५ लाख काँचो इटाहरु नष्ट भएकोभन्दै इटा बनाउन प्रयोग हुने माटो र भस्कटमा लाग्ने रोयल्टीमा मिनाहा गरिदिन समेत अध्यक्ष घिमिरेले सरकारसंग आग्रह गरेका छन् ।
रुपन्देहीमा समेतबेमौसमी वर्षाका कारण ठुलो क्षतीपुगेको लुम्बिनी इटा उद्योग व्यवसायी संघ रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा बेमौसमी वर्षाले लगभग ३ करोड ५० लाख काँचो ईटा नष्टभएको भन्दै लुम्बिनी ईटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले सरकारले व्यवसायीहरुको समस्या सम्बोधन गरिदिन आग्रह गरेका छन् ।
१६ करोड ६२ लाख लागत मुल्य बराबरको ईटा नष्ट हँुदा व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै महासचिव गुप्ताले विकास निर्माण क्षेत्रमा मेरुदण्डका रुपमा रहेका ईटा उद्योगहरुको संरक्षण गर्ने दायित्व सरकारको पनि भएको बताए ।
बेमौसमी वर्षाका कारण क्षती बेहोरेका ईटा उद्योगहरुको संरक्षणमा लागि ईटा व्यवसायी संघ निरन्तर लागि रहेकाले सरकारको तर्फबाट पनि सहयोगको अपेक्षा गरेको अध्यक्ष गुप्ताले बताए ।
प्रदेश नम्बर ५ इटा उद्योग व्यवसायी संघ नेपालका अध्यक्ष धानेश्वर घिमिरे र लुम्बिनी ईटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले छुट्टै प्रेष विज्ञप्ती जारी गर्दै इटा बनाउन प्रयोग हुने माटो र भस्कटमा लाग्ने रोयल्टीमा मिनाहा गरिदिन सरकारसंग माग गर्नुका साथै यस वर्ष ईटा उत्पादनमा कमि आउने र उत्पादनलागत समेत बढने जानकारी दिएका छन्

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार