भारतीय धुनियाको नेपाली नागरिकता खारेज


असलम खान

मर्चवार, पुस । रुपन्देहीको मर्चवारमा भारतीय नागरिकले झुटो विवरण पेस गरि नेपाली नागरिकता प्राप्त गरेको प्रमाणित भएपछि उनले प्राप्त गरेको नागरिकता खारेज भएको छ ।
भारत महाराजगंज जिल्ला ग्रामपंचायत बिसुनपुर कुर्थिया निवासी मुस्ताफाको छोरा जमालुद्धिन धुनियाले झुटो विवरण पेशगरी ईलाका प्रशासन कार्यालय मर्चवार बाट २०६५ साल चैत २६ गते लिएको नागरिकता नेपाल सरकार मन्त्री परिषद्को निर्णयले खारेज गरेको हो ।
धुनियाले लिएको नागरिकता नम्बर ३७२०६३।१३३५९ गृहमन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले खारेज गरेको सरकारका प्रव क्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन् ।


मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गर्दा निर्णय नम्बर १० मा धुनियाको नागरिकता समेत बदर गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले सार्वजनिक गरेका हुन ।
जिल्लाको मर्चवार क्षेत्रमा पर्ने सम्मरीमाई गाँउपालिका वडा नम्बर ६ असुरैनाका मजिद धुनियाको नक्कली छोरा बनेर नागरिकता लिएका जमालुद्धिन धुनियाको नागरिता खारेजी भएपनि उनि मर्चवारमै बसोवास गरिरहेका छन् ।

सम्मरीमाई गाँउपालिका वडा नम्बर ६ असुरैनाका मजिद धुनियाकोले नै आफ्नो छोराछोरी नभएपछि भारत महाराजगंज जिल्ला ग्रामपंचायत बिसुनपुर कुर्थिया निवासी आफ्नी श्रीमतीका भाई मुस्ताफाको छोरा जमालुद्धिन धुनियालाई झुटो विवरण पेशगरी आफ्नो नक्कली छोरा बनाई वंशजको नागरिकता २०६५ सालमा बनाई दिएका थिए ।
नेपाली नागरिकता प्राप्त गरेपछि जमालुद्धिनले अंश दावि गर्दै मजिदका भाईहरुलाई पनि जिल्ला अदालत रुपन्देहीमा अंश मुद्धा दायर गरेपछि नक्कली नागरिकता बनाएको बिषय बाहिर आएको हो । जुन अंश अहिले पनि जिल्ला अदालत रुपन्देहीमा चलिरहेको छ ।
नेपालको कानुन अनुसार नागरिकता ऐन २०६३ दफा २१ को १ बमोजिम कुनै पनि बिदेशी नागरिकले झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको भेटिएमा १ वर्ष देखि ५ बर्ष सम्म कैद या ५० हजार देखि १ लाख सम्म जरिवाना या दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तो नागरिकको नागरिकता रद्ध गरिने कानूनी प्रावधान रहेको देखिन्छ । बिदेशी नागरिकलाई नागरिकता दिनका लागि सनाखत गर्ने र सिफारिस गर्नेलाई ६ महिना देखि ३ बर्ष सम्म कैद या २५ हजार देखि ५० हजार सम्म जरिवाना या दुवै सजाय हुने व्यवस्था नेपालको कानुनमा रहेको छ ।
नेपाल सरकारले नक्कली नागरिकता बनाउने र बनाई दिनेलाई कानुनी सजायको व्यवस्था गरेपनि यसरी नक्कली नागरिकता बनाउने सख्या भने उल्लेखनीय रहेको पाईन्छ ।
विशेष गरेर नेपालको पूर्वीक्षेत्र दार्जिलिङदेखि बिहार, उत्तर प्रदेश र पश्चिमको नैनिताल तिरका भारतीयहरुले बिभिन्न झुटो विवरण पेश गरी नेपाली नागरिकता लिइरहेको देखिन्छ । पछिल्लो समयमा बैदेशिक रोजगारमा जानका लागि नेपाल बाट सहज हुने भएकाले पनि भारतीयहरु नेपाली नागरिकता लिने गरेको भेटिन्छ । अर्को बिशाल जनसख्या भएको भारतमा सरकारी रोजगार पाउन कठिन भएकाले नेपालमा कम जनसख्या र प्रतिस्पर्धा गरी सरकारी रोजगार पाउनपनि सहज भएकाले भारतीयहरु नेपाली नागरिकता प्रति आकर्षित भएको देखिन्छ । भारतमा भन्दा नेपालमा उद्योग कलकारखाना र व्यापारमा सरकारी झन्झट कम हुने भएकाले पनि भारतीयहरुले नेपाल वसोवास गर्न नेपाली नागरिकता लिने गरेका छन् । जसको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्न आवश्यक रहेको छ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार