सागमा स्वर्ण जित्ने सरुलाई सम्मान


पाल्पा ( बल्ढेङगढी), ३ पुस । १३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाउने सरु कार्कीलाई उनको जन्मस्थान पश्चिम पाल्पाको रैनदेवी छहरा वडा नम्बर ७ बल्ढेङगढीमा सम्मान गरिएको छ ।


विहिवार वडा नम्बर ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनले सरुलाई फुलमाला, सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेका हुन ।
सम्मान कार्यक्रममा अध्यक्ष पुनले जन्मस्थान बल्ढेङगढीको गरिमालाई देश बिदेशमा पुराएको भन्दै बधाई दिएका थिए । उनले सरुको जित संगै सिंगो गाँउपालिकाले जितेको अनुभव आफुहरुलाई भएको बताएका थिए ।
सरुलाई सम्मान गर्दै वडापालिकाले उनको जितले नेपाललाई स्वर्ण दिलाएपनि गाउँका लागि संसारै जितेको अनुभुती भएको सम्मान कार्यक्रममा सहभागी स्थानियहरुले बताएका थिए ।
१३ औ सागमा कराते तर्फको टिम कातामा पाकिस्थानलाई पछि पार्दै नेपालको तर्फ बाट सरु कार्कीको टिमले स्वर्ण पदक जितेको थियो । उनको टिम कातामा नेपालको तर्फ बाट संगिता मगर र निर्मला तामाङ पनि खेलेका थिए ।
बल्ढेङगढीको चिदिपानीमा जन्मीएकी सरुलाई वडापालिका मात्र नभएर उनको छरछिमेक देखी आफन्तहरुले समेत सम्मान गरिरहेका छन् ।
नेपाल प्रहरीको विभागिय खेलाडी सरुले सागमा मात्र नभएर टिम कातामा देश बिदेशमा दर्जन बढि खेल खेलिसकेकी छिन् ।

फोटो फिचर

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार