दुःखद घटनाले समाजलाई बिखण्डन लैजान्छ ः न्यौपाने


कमल रायमाझी
भैरहवा, ५ पुस । अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले रुपन्देहीको ओमसतिया गाँउपालिका–४ सानो बालापुरमा छोराले बाबु आमाको खुर्पाले हानेर हत्या गरेको परिवारलाई भेटेका छन् ।
शनिवार हत्या भएको घर परिवारमा पुगेर सभापति न्यौपानेले मृत्यक प्रति श्रदान्जती अर्पण गर्द परिवारमा सम्बेदना व्यक्त गरेका हुन ।
सभापति न्यौपाने मृत्यकको परिवारजनमा कुनै अप्ठ्यारो परे आफ्नो तर्फ बाट सहयोग हुने भन्दै यो दुःखत घटनाले आफुलाई पनि मर्माहीत तुल्याएको बताए ।
यस्ता दुःखद घटनाले समाजलाई बिखण्डन तिर पुराएको भन्दै सभापति न्यौपानेले समाजलाई भाईचार तथा परिवार मिलनका रुपमा बिकास गर्न सवैले भुमिका खेल्नुपर्ने स्थानियहरुलाई आग्रह गरे ।


त्यस क्षेत्रका जनप्रतिनिधि तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य समेत रहेका न्यौपानेले मृत्यक परिवारमा परेको दुःखद घटनाले सबैलाई भाबुक बनाएको भन्दै आगामी दिनमा यस्ता घटनाहरु घटन नदिनका लागि सबै सचेत हुनुपर्ने सुझाव दिए ।
मानसिक सन्तुलन विग्रीएका २८ वर्षीय छोरा गोरख यादवले मंसिर २० गते दिउसो करिब २ वजे आवेशमा आई हसियाले हानेर सहोदर आमाबुवाको आफ्नै घरमा हत्या गरेको थिए ।
७५ वर्षीय बाबु रामनारायण यादव र ७२ वर्षीया आमा ठगना यादवको हत्या गरेकोे पछि गोरखलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त यादवले घर बाहिर बसिरहेका बाबुलाई घर भित्र तानेर खुर्पा प्रहार गर्दा घाटीको बाया तर्फ चोट लागेपछी मृत्यु भएको हो भने आमालाई घर बाहिर लखेटेर प्रहार गर्दा घाइते भएपछी भैरहवा स्थित मेडिकल कलेजमा उपचारको लागी पुर्याउदा मृत्यु भएको हो । आमाबाबु लाई भाईले खुर्पा प्रहार गरेको देखेपछी बचाउने प्रयास गर्ने क्रममा अभियुक्तका दाजु ५२ बर्षिय जोगिन्दर यादव घाइते भएका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार