बिद्यार्थी लाई कुटने शिक्षक फरार


असलम खान। मर्चवार रुपन्देही मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं.६ पोखराहवा ज्ञानदिप र्बोडिग्ङ स्कुलका शिक्षक शौलेन्द्र बरई को कुटाई बाट कक्षा ५ मा अध्ययनरत विद्यार्थी तौफिक मिया(फकिर) गम्भीर रुपमा घाइते भएका छन्। शिक्षक बरईले दिएको गृहकार्य विद्यार्थी तौफिकले गर्न न सकेर विद्यालय जाँदा उनीमाथि कुटापिट गरिएको सबै बताउ छन्। शिक्षक को कुटाइबाट ११ बर्षिय तौफिक को बायाँ आँखामा गम्भीर रुपमा चोट देखिएको छ। बोर्डिङ स्कुलका प्रधानाध्यापक सुरेन्द्र बरईका अनुसार ५ कक्षामा पठने तौफिक शिक्षकको कुनैपनि कुरा मान्दैन्थे शिक्षकलाई अटेरी गरेको र गृहकार्य नगरेको कारण शिक्षकले उनलाई सामान्य तर्साएको उनको दावी छ। अाखाँ को उपचार स्थानीय स्तरमा सम्भव नभए पछि थप उपचारका लागि भैरहवा स्थित लुम्बिनी नेत्रालय ल्याइएको तौफिकका बाजे हुसेन फकिर(कोइल) ले बताए। बिद्यार्थी कुटने विद्यालय पनि अबैध रुपमा सञ्चालन भइरहेको पाइएको छ। कक्षा ४ सम्माको अनुमति मात्र लिएको भए पनि सो विद्यालयमा ४ कक्षा भन्दा माथि पनि कक्षा हरु सञ्चालन भइरहेको सम्मरीमाई गाउपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले बताए। विद्यार्थी कुटने शिक्षक बिरुद्ध इलाका प्रहरी कार्यालय मर्चवार(विचौवापुर) र सम्मरीमाई गाउपालिका को कार्यालय हुलाक मार्फत उजुरी परिसकेको बाजे फकिर ले बताए। इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक पोषण राज ढकाल ले अहिले घाइते उपचार कै क्रममा रहेको ले उपचारमा ध्यान दिन आग्रह गरिएको र रहेको बताए। उनले प्रकृया पुय्राएर उजुरी आए सो दर्ता गरि थप कारवाही अगाडि बठाउन बताए।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार