व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर होटल सेन्टर पोइन्ट देवकोटा चोक, भैरहवाका सञ्चालक माधव घिमिरे सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी :

यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
देशको अर्थतन्त्र सबल बनाउनको लागि होटल व्यवसाय एउटा अपरिहार्य अंङ्ग हो । तर होटल व्यवसायलाई राज्यको तर्फबाट कुन किसिमले लगानी र सावधानी गरिरहेको छ त्यसमा भर पर्ने कुरा हो । पर्यटन वर्ष २०२० मा पनि होटल व्यवसायीको तर्फबाट राज्यलाई ठूलो सहयोग हुनेछ । हाम्रो व्यवसाय नितान्त कमाइ खाने रुपमा मात्र नभएर सेवामूलक व्यवसाय भएकोले व्यवसायको तर्फबाट राज्यलाई ठूलो टेवा पुगेको छ । साथै राज्यले तोके बमोजिम प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कर तिरेर ठूलो सहयोग पुराएका छौ ।

२. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
हाम्रो व्यवसायको अहिलेको अवस्था भन्नु पर्दा सामान्य नै रहेको छ पहिले जस्तो व्यवसायमा काम गर्न सजिलो छैन नेपाल सरकारले बैदेशिक रोजगारलाई कम गराउने, करको भार घटाउने, बैंक तथा वित्तिय संस्थाहरुले व्याज घटाउने र १८ देखि ४० वर्षसम्मका युवाहरुलाई आफ्नै देशमा रोजगारीको सृजना गरिदिने हो भने व्यवसायमा असफल्ता होला भन्न सकिदैन । हाम्रो व्यवसायले अहिले सम्म ६ जनालाई रोजगार प्रदान गर्न सफल भएको छ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
हाम्रो व्यवसाय आर्थिक उपार्जन गर्ने तर्फ भन्दा सेवामुखी भावले सञ्चालन गर्ने व्यवसाय हो । अहिले व्यवसाय सञ्चालन गरिरहदा असफलता महसुस गरिएको छैन । होटल व्यवसायको नीति नियम अनुसार राज्यले व्यवसाय प्रति हेर्ने दृष्टिकोणमा सकारात्मक गरिदिएमा हामीलाई व्यवसाय सञ्चालन गर्न सहज हुने थियो । भावी योजना भन्नु पर्दा हाम्रा सेवाहरु विस्तार गर्दै जाने, आफ्नै भवनमा व्यवसाय सञ्चालन गर्ने र वेरोजगारी युवा जनशक्तिहरुलाई पनि थप रोजगार प्रदान गर्ने रहेको छ ।

४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
समग्र रुपमा पहिलेको तुलनामा अहिले व्यवसाय सञ्चालन गर्न सहज नै छ । सेवाको भावलाई बढी प्राथमिकता दिइने हुनाले खासै कठिनाई भोग्नु परेको छैन र कुनै कठिनाई आइपरे पनि ग्राहकहरु सँग नरम बोलेर ग्राहकहरुर नै भगवान हुन भन्ने मनसायले व्यवसाय सञ्चालन गरि समस्याको न्यूनीकरण गरेको छु ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
म अर्घाखाँची जन्मथलो भई भैरहवालाई कर्म क्षेत्र बनाएर बसेको छु । विगत ४ वर्षसम्म विदेशमा बसेर आएको र होटल व्यवसाय सम्बन्धी ज्ञान, तालिम र अनुभव पनि म सँग भएकोले कसरी आफ्नै देशमा काम गरेर खाने र आफ्नै देशका वेरोजगारी युवाजनशक्तिहरुलाई रोजगार दिन सकिन्छ । भन्ने लक्ष्य लिएर यो व्यवसायी सुरु गरेको हुँ । अपेक्षा त मानिसका अनगिन्ती हुन्छन् । एक पछि अर्को आवश्यकता थपिदै जान्छ र थोरै आम्दानीबाट धेरै भन्दा धेरै आवश्यकता पूर्ति गर्दै जान हामीले सिक्नु पर्छ र त्यसमै रमाउनु खोज्नु नै ठूलो सन्तुष्टि हो ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
मलाई होटल सञ्चालन सम्बन्धी विशेष ज्ञान, अनुभव र तालिम भएकोले यो व्यवसाय नै रोजेको हुँ ।

यसमा तपाइको मत

अन्तर्वार्ता बाट अन्य समाचार