व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर होटल पौवा प्रा.लि. कर्पाेरेट अफिस बुटवल रुपन्देहीका सिट अपरेटिङ्ग अफिसर ९ऋ।इ।इ० कृष्ण गौतम सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी

 

१. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
हाम्रो व्यवसाय भनेको सेवामूलक व्यवसाय हो । हामीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई राख्ने र उनीहरुको इच्छा र चाहाना अनुरुप सञ्चालन गर्ने व्यवसाय हो । हाम्रो व्यसाय भनेको हस्पिटालिटी पस्किने व्यवसाय हो । यस होटल पौवामा नेपाली हस्पिटालिटी पस्किदै सुविधायुक्ता किसिमबाट सम्पूर्ण ग्राहकहरुलाई सन्तुष्टि पार्नु नै हाम्रो लक्ष्य हो । साथै राज्यलाई हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कर तिरिरहेका छौँ । यसबाट राज्यको लागि राजस्व संकलन हुने गर्छ । यसरी हाम्रो व्यवसायले देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि महत्वपूर्ण भूमीका खेलेको छ ।

२. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
समग्र होटल पौवाको अवस्था भन्नु पर्दा अहिले हामीले देशका ९ वटा स्थानमा व्यवसाय सञ्चालन गरेका छौ नेपाल भरी १५० वटा कोठा सञ्चालनमा आइरहेका छन् । कर्णाली प्रदेशको जुम्ला, पाँच नम्बर प्रदेशको भैरहवा, बुटवल, पाल्पाको तानसेन, रुपन्देहीकै सालझण्डी, कपिलबस्तुको गोरुसिङ्गे, दाङ्गको भालुवाङ्ग, दाङ्गकै लमई, गुल्मीको रेसुङ्गा गरी ९ वटा शाखा सञ्चालनमा रहेका छन् । हाल सञ्चालन रहेको हाम्रो व्यवसायले सबै शाखामा गरी ३५० जनालाई रोजगारी दिन सफल भएको छ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?हाम्रो व्यवसायको असफलता भएको भन्न मिल्दैन विभिन्न ठाउँमा शाखा विस्तार गरी बिभिन्न ठाउँका स्थानीय युवाजनशक्तिहरुलाई रोजगार दिन सफल भएका छौ । विशेष गरी होटल म्यानेन्जमेन्ट पढेकाहरुको लागि यो अवसर प्रदान गर्न हाम्रो मान्यता हो । भावी योजनामा निकट भविष्यमा देशका बिभिन्न भागमा हाम्रो राम्रो हस्पिटालिटी पस्केर धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिएर सन्तुष्टि प्रदान गरी नेपालमै पौवालाई नम्बर १ बनाउने र विदेशमा पनि हाम्रो सेवा विस्तार गर्ने साथै अहिले सञ्चालनमा रहेका ९ वटा शाखालाई बिस्तार गरी अझ दोब्बर बनाउने रहेको छ ।

४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
व्यवसाय सञ्चालन गर्दा कठिनाइहरु त झेल्नु पर्छ नै सुरुमा व्यवस्थापन गर्दा सामानहरु बाहिरबाट ल्याउनु पर्दा निकै कठिनाई भयो । त्यस्तै बजार व्यवस्थापन नहुँदा पनि कठिनाई प¥यो । व्यवसायी सञ्चालन गर्दा विश्वाशिलो र दक्ष कामदार नपाउदा समस्या सृजना भयो । बैंक तथा वित्तिय संस्थाहरुबाट लोन लिदा चर्को व्याजदर र राज्यबाट केही प्रोत्साहन स्वरुप सहयोग नभएकोले आदि कठिनाईहरु आईपरे तर पनि आवश्यक जनशक्ति जुटाएर आर्थिक स्रोत परिचालन गरेर ग्राहकको सेवा सुविधामा कुनै कसुर नराखीकन समस्याको न्युनीकरण गरिरहेको छु तर पूर्ण रुपमा न्यूनीकरण भएको छैन ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
म कक्षा ७ मा पढ्दा खेरी नै मेरो मामाहरुले होटल व्यवासाय सञ्चालन गर्न सकियो भने आर्थिक उपार्जन पनि हुने र व्यवसाय सम्बन्धी पनि ज्ञान हुने जस्ता कुराहरु सुनेर मलाई ठूलो भए पछि होटल व्यवसाय सञ्चालन गर्ने इच्छा जाग्यो । त्यसमा पनि म होटल म्यानेजमेन्टको विद्यार्थी पनि भए । १ वर्ष चीनमा बसेर अनुभव तालिम सिके त्यस पछि –वि एच.एम.) काठमाडौँ बाट गरे भैरहवाका विष्णु भण्डारी सँग काम गरियो । पैचो पसल प्रा.लि.का प्रबन्ध निर्देशकको हौसला तथा प्रेरणा प्राप्त भयो । होटल पौवाको अध्यक्ष दुर्गा प्रसाद भण्डारीको पनि हौसला प्रेरणा प्राप्त भयो । साथै मैले सामान्य वेटरबाट सुरु गरेको यो व्यवसाय विभिन्न व्यक्तित्वहरुको हौसला प्रेरणा र मेरो आठौ वर्षको अनुभव बाट म अहिले सि. ओ .मा आइपुगेको छु । त्यसैले मेहनत गरे लक्ष्यमा पुगिन्छ भन्ने उद्देश्यका साथ मैले यो व्यवसाय सुरु गरेको हुँ । प्रत्येक व्यक्तिका इच्छा आकाङ्क्षा कहिले पनि पुरा हुदैनन् । अपेक्षा केही हदसम्म पुरा भएका छन् । भविष्यमा पुरा गर्ने लक्ष्यमा छौ ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
मलाई होटल सञ्चालन सम्बन्धी विशेष ज्ञान, अनुभव र तालिम भएकोले विशेष गरी सेवाको भाव र आफ्नै देशको श्रम पसिना आफ्नै देशमा रहन्छ भन्ने उद्देश्यका साथ घरमा पैसाको खाँचो पनि हुने र व्यवसाय सञ्चालन गर्दा पैसा पनि आउने भएको मै ठूलो संघर्ष गरी कम्प्यूटर सम्बन्धी काम गर्दै (वि.एच.एम) पढे आफ्नो पढाई सदुपयोयग पनि गरिने र युवालाई पनि रोजगार दिन सकिने भएकोले मैले यो व्यवसाय रोजेको हुँ

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार