सामुहिक बिवाहका लागि यज्ञ


मर्चवार । मर्चवारको सम्मरीमाई गाउपालिका वडा नम्बर ५ रोईनिहवामा १ सय १ जोडीको निःशुल्क विवाह गर्ने उद्देश्य सहित जगत कल्याणर्थ माहामृत्युन्जय मन्त्र जाप एवम् रुद्राभिषेक यज्ञ आयोजना हुने भएको छ ।


दाइजो प्रथा एवम् बाल विवाहले ग्रसित तराई का समाजमा दाइजो रहित तथा बाल विवाह मुक्त जनचेतना फैलाउन उद्देश्यका साथ मर्चवारको सम्मरीमाई मा सामुहिक विवाहको आयोजना हुने भएको हो ।
विहिवार पत्रकार सम्मेलन को आयोजना गरि आयोजक ले सामुहिक विवाह बारे जानकारी दिएका छन् ।
फागुन ३ गते देखि सुरु हुने माहायज्ञ मा १ सय १ जोडीको विवाह गर्ने लक्ष्य राखिएको दाइजो रहित एवम् बाल विवाह मुक्त सामुहिक विवाहको आयोजना गर्ने अहिले २ जोडी हिन्दु र १ जोडी मुस्लिम समुदायका बर बधु सम्पर्कमा आई सकेको आयोजक का तर्फबाट स्थानीय अशोक तिवारी ले बताए ।
विवाहमा आयोजक का तर्फबाट नै १ थान पलग्ङ,दराज,बाकस,मेज र उपभोग्य का घरायसी समाग्री प्रदान गरिने छ ।
यस्तो सामाग्री को लागि स्थानिय दाताहरु समेत तयार गरिएको आयोजक समितिका अध्यक्ष बंश गोपाल पाठकले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य अष्ठभुजा पाठकले यस्तो नमुना सामुहिक विवाह कार्यक्रम देशमै नमुना योग्य हुने बताए ।
उनले हिन्दु र मुस्लिम समुदायको वर बधुको विवाह एउटै मण्डपमा आयोजना हुनु नै यश क्षेत्रमा रहेको धार्मिक सहिष्णुता को नमुना योग्य रहेको सन्देश दिन जिकिर गरे ।
यज्ञ समिति अध्यक्ष बंश गोपाल गुप्ता को अध्यक्षता सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य अष्ठभुजा पाठक,वडाध्यक्ष श्रवण कुमार यादव,समाजसेवी सहाबुद्दिन देवार,विश्व हिन्दु परिषदका सचिव दिपक लोध लगायत ले बोलेका थिए ।
कार्यक्रम को सञ्चालन रामानुज तिवारी ले गरेका थिए ।

यसमा तपाइको मत

राजनीति बाट अन्य समाचार