रुपन्देहीमा दादुरा–रुबेला खोप अभियान


कमल रायमाझी
भैरहवा,२४ माघ । दादुरा–रुबेला खोप अभियानको सुरुवात रुपन्देहीमा फागुन १ देखि हुने भएको छ ।
विहिवार स्वास्थ्य कार्यालय रुपन्देहीले अभियानको बिषयमा सरोकारवालाहरु संग भैरहवामा छलफल गर्दै जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

 

प्रथम चरण फागुन फागुन १ देखि ९ गते सम्म जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरिले जानकारी दिनुभयो ।

फागुन ११ देखि १७ गतेसम्म दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । फागुन १६ देखी २४ सम्म बाँकी ८ स्थानीय तहहरु मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहिमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका, गैडहवा गाउँपालिकामा तेस्रो चरणको अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.गिरिले बताउनुभयो ।
रुपन्देहीमा यो अभियानमा ९ महिना देखि ५ बर्ष सम्मका १लाख ९ हजार ७ सय ९९ जना बालबालिकाले ८ सय १४ खोप केन्द्र बाट दादुर र रुबेलाको खोप लगाउने स्वास्थ्य कार्यालय रुपन्देहीको सुचना शाखाले जानकारी दिएको छ ।
नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनुभयो । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनु पर्ने शर्माको सुझाव रहेको छ ।
दादुर– रुबेलाको खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरियता प्रमाणिकरण भई नेपालका्े राष्ट्रिय नियमन निकायमा दर्ता भई पछि मात्र निशुल्क लगाईने गरेको छ ।

यो खोप ९ महिना पुगे पछि पहिलो र १५ महिना पुगेपछि दोस्रो पटक लगानु पर्छ । कुनै कारणबश खोप लगाउन छुटेको भए जन्मेको २४ महिना भित्र मात्रा पुरा गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको रेर्कडमा देखिन्छ ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार