चल्ला नियन्त्रण पछि नष्ट


असलम खान
मर्चवार । ईलाका प्रहरी कार्यालय मर्चवार ले अबैध रुपमा भारत बाट नेपाल भित्राइएको ९ सय ६० चल्ला बरामद गरेको छ ।


ईलाका प्रहरी कार्यालय मर्चवार का प्रहरी निरिक्षक चित्र बहादुर आले का अनुसार अबैध रुपमा भन्सार छली तरैनि नाका हुँदै लुम्बिनी तर्फ लैजादै गरेको विशेष सुचना को आधारमा खटिएको प्रहरीको टोलीले अबैध कुराको चल्ला नियन्त्रणमा लिएको हो ।
मर्चवारको सम्मरीमाई गाउपालिका वडा नम्बर ५ भटवा स्थित तिनाउ नदि किनार अबैध चल्ला नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय मर्चवारले जानकारी दिएको छ ।प्रहरी टोलिले ८ कार्टुनमा जम्मा ९सय ६० गोटा चल्ला नियन्त्रणमा लिई हो ।
अबैधरुपमा ल्याएको चल्ला वडाध्यक्ष,स्थानिय,पशु क्वारेनटाईन का कर्मचारी,पत्रकार को रोहवरमा इलाका प्रहरी कार्यालय मर्चवार को पश्चिम तर्फको काम्पाउण्ड मा खाल्टो खनी गाडे र नष्ट गरिएको छ ।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार