शुद्धोधनमा “उत्कृस्ट”लाई सम्मान


भैरहवा, फागुन १९ । शुद्धोधन गाउपालिकामा विभिन्न बिधामा उत्कृस्ट र विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई एक समारोहकाबीच सम्मान गरिएको छ । सो अवसरमा प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले शुद्धोधनले राम्रो कामको थालनि गरेको बताए । उनले सरकारले राम्रो काम गरेता पनि धैर्यता राख्न नसक्दा धेरै गुनासो आएको बताए । उनले भने, “ एउटा बच्चाको परिणाम राम्रो छ छैन भनी जाच्न सामन्यतया दस बर्ष लाग्छ भने हामी त देश बनाउने काम छिनभरमै हुन्छ भन्नु गलत हो । “
सांसद चौधरीले राजनीतिमा अढाई बर्ष खासै लामो समय होईन भन्दै बिदेशका ईतिहास हेर्दा ७० र ८० बर्षमा मात्रै परिवर्तन भएको बताए । उनले भने, “ एकै चोटी छिटो परिवर्तन गरिएमा त्यसले दुर्घटना पनि निम्त्याउन सक्छ । यसैले हामीले बिस्तारै काम गरिरहेको हो तर विश्व सन्दर्भमा नेपलमा जे जे भईरहेको छ ती छिटो भएका छन् । “
उनले गाउपालिकाहरु समृद्धिकोलागि जसरी लागिपरेका छन् । ती प्रशसनिय रहेको पनि बताए । उनले प्रतिभा संरक्षणसँगै देश बुझ्नु पनि जरुरी छ । विदेश गएर पैसा पठाउने नभई मुलुक बनाउने हिम्मतका साथ पसिना बगाउने युवा पिढी तयार गर्न लागि पर्ने पनि बताए ।
सासद चौधरीले आठ कक्षा उत्तीर्ण पछि बालबालिकालाई घरका काममा लगाउनु पर्छ । बालबालिकालाई घरका कामप्रति पनि लगाउनु पर्छ । ताकि उनीहरुमा घर परिवारप्रति माया बढोस् । होईन भने एक दिन यस्तो दिन नआओस् कि पहाडी जिल्लामा झै घरमा बुढाबुढी मात्रै नहोउन् ।
सांसद चौधरीले भने, “हामीले गएको बर्ष ३६ अर्ब बराबरको कृषि उत्पादन आयत गरेका छौ ।यसैले हाम्रा सन्ततिलाई कामप्रतिको आस्था कसरी बढाउने बिषयमा चासो राख्नेमा ध्यान दिनु पर्छ ।“


सो कार्यक्रममा मन्तव्य राख्दै शुद्धोधन गाउपालिका अध्यक्ष किशुसन चौधरीले पालिकाले बाह्रै महिना नै विभिन्न सीपमुलक तालिम आयोजना गरिरहेको बताए ।
अध्यक्ष चौधरीले नकारात्मकतालाई चिर्दै सकारात्मक चिन्तन अगाडि बढाउने गरी वडाले गरेको कार्य प्रशसनिय रहेको पनि बताए । उनले शुद्धोधनमा रहेका हरेक प्रतिभाको संरक्षणमा गाउपालिकाले कुनै कसुर बाकि नराख्ने बताए । अध्यक्ष चौधरीले भने, “ हामीले स्टेच दिने हो , त्यसमा नाच्ने गाउने वा सृजनशील काम गर्ने आम जनताले नै हो । सबैभन्दा पहिले चाहना राख्ने व्यक्तिको खाचो छ । “
अध्यक्ष चौधरीले समाज रुपान्तरण गर्न केही कठिनाई रहेको बताउदै सबैको एकता भएमा परिवर्तन सहज हुने बताए ।
पालिकाको वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेंलले
क्षेत्रलाई विभिन्न बिधामा चिनाउन भुमिका खेल्नेहरु मध्य ५१ जनालाई सम्मान गरिएको बताए । उनले भने, “ प्रतिभाहरुको संरक्षण र सम्बध्रनको लागी हामीले कारयक्रममको शुरुवात गरेका हौ । “


कार्यक्रममा फर्साटिकर युवा क्लबका मुकेश पोखरेलले स्थानीय सरकारले ल्याएको कार्यक्रमम अत्यन्तै उपलब्धिमुलक रहेको बताए । शिक्षा क्षेत्रका अगुवा पान कुमार फौदारले रास्ट्रलाई चिनाउन भुमिका खेल्नेहरुलाई पहिलोपटक स्थानीय सरकारले गरेको कार्यक्रम प्रशसनिय भएको बताए ।यसैगरि फर्साटिकर माविका प्रधानाध्यापक देवराज पौडेलले उत्कृस्टता हासिल गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई गरिएको सम्मान अर्थपूर्ण रहेको बताए । उनले प्रतिभाहरुको संरक्षण र प्रबर्द्धनमा यस्ता कार्यक्रमले झनै भुमिका खेल्ने बताए । शिक्षक महासंघ प्रदेश अध्यक्ष छवि पान्डेले हरेक मानिसमा प्रतिभा हुन्छ भन्दै वडा नम्बर ४ ले गरेका कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन थप प्रोत्साहन प्रदान गर्ने बताए ।
सामाजिक विधामा हौसला प्रदान गर्नेगरि गरेको कार्यक्रम आफैमा उकृस्ट रहेको नेकपा गाउपालिका अध्यक्ष नरबहादुर घर्तिले बताए । कुनामा बसेको कारणले बिचार सानो नहुने, गरिब परिवारमा जन्मिएकै कारण प्रतिभा कमजोर हुदैन तर संकल्प बलियो भएमा अन्तर्राट्रिय रुपमा परिचित उत्कृस्टता हासिल गर्न सकिने घर्तिले बताए । कार्यक्रममा शिक्षा, खेलकुद, साहित्य , दीर्घ सेवा बिधा , नृत्य बिधाकागरि ५१ जनालाई सम्मान गरिएको

 

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार