व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर सिद्धार्थनगर नगरपलिका भैरहवा स्थित गल्लामण्डी न्यू पवित्रा स्टोर्सका प्रबन्ध निर्देशक टेक नारायण ढकालसँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी ः

१. देशको अर्थतन्त्रलाई सबलबनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
हाम्रो व्यवसाय भनेको सेवामुलक व्यवसाय हो । विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरुलाई सामाना उपलब्ध गराई सेवा दिएका छौ र ग्राहकहरुलाई पैसा पठाउन सजिलो होस भनेर कुन बैंकमा खाता खोल्दा सहज हुन्छ भन्ने कुरालाई मध्यनजर गरी बैंकहरु तोकि दिने काममा सहयोगक गरेका छौ । पैसा लिएर भए पनि हरेक ग्राहकहरुको टेबल टेबलमा सामान पु¥याएका छौ । त्यसै गरी विभिन्न संघ संस्थामा कर बुझाएका छौ । त्यति मात्र नभएर विन्नि संघ संस्था बाट सहयोग माग्न आउने गर्छन उनीहरुलाई पनि सहयोग गरेर देशको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमीका खेलेका छौ ।

२. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
अहिलेको अवस्था ठिकै छ भन्नु पर्छ । समस्या त दिन प्रति दिन बढी नै रहेको छ तर पनि सरकारले व्यवसायलाई केही सहयोग सम्बन्धि नीति नियम ल्याईदिने हो भने व्यवसाय संचालन गर्न केही सहज हुने थियो । हामीले स्टाफहरुलाई खुशी नै पारेका छौ । स्टाफ खुशी हुँदा काम बढी हुने र व्यापार पनि बढी हुने भएकाले यस्तो गरेको हुँ । अहिले २५ जनालाई रोजगारी दिएका छौ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
सफलता नै भन्नु प¥यो, पहिले नारायणस्थानमा मात्र थियो । हामी कहाँ हाम्रो ग्राहकहरु जहाँ भए पनि सामान लिन हामी कहाँ आउने गर्छन गल्लाको आइटममा अन्त जानु परेको छैन । भावी योजना भन्नु पर्दा ठगी गर्ने व्यापारीलाई सामान उपलब्ध नगराउने र नतिर्नेलाई दण्ड जरीवाना गर्ने र यो व्यवसायलाई अझ विस्तार गर्ने योजना रहेको छ ।

४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
कठिनाइ त छदै छ । बैंक तथा वित्तिय संस्थाको चर्को व्याजको पनि मार परेको छ । ग्राहकहरुले सामान लग्ने, फोन गर्न नम्बर नबताउने, १० लाखको कारोबार गर्दा ५ लाख दिन्छन् । २ लाखको कारोबार गर्दा ५० हजार दिन्छन । ठाउँ ढाटने पैसा नतिरी अर्को पसलबाट सामान लैजाने आदि गरेर हैरान पार्ने गरेका छन् । ठाउँ सोध्दै आफै भेट्ने, फोन गनर्,े फकाउने, समस्या बताउने, उनीहरु कडा भए पनि नरम भएर बोलेर कन्भीन्स गरेर समस्याको समाधान गरेको छु । मेरो अपेक्षा पुरा भएको छ । गल्ला सामानबाट सबैलाई सन्तुष्टि पनि दिएका छौ । सबैलाई आ आफ्नै ठाउँमा सामान सुपथ मुल्यमा छौ ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
हाम्रो गल्ला व्यापार भएकाले गल्ला सामान बाट सबैलाई सन्तुष्टि पार्न सफल भएका छौ । सबैलाई आफ्नै ठाउँमा सामान सुपथ मुल्यमा उपलब्ध गराउन सकियोस र गल्ला सामान सकभर बाहिर बाट मगाएर भए पनि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्यले यो व्यवसाय सुरु गरेको हुँ । यसको अलवा आर्थिक उपार्जन पनि हुने र जीवनस्तर पनि उकास्न सकिने हुँदा यो व्यवसाय संचालन गरेको हो ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
मेरो सानै देखिको चाहाना व्यापार गर्ने नै रहेको थियो । जिवन साथीको सहकार्यमा मैले यस क्षेत्रमा प्रवेश पाएको हो । विशेष गरी सेवाको भाव र ग्राहकलाई सामान उपलब्ध गराउने हेतुले पनि यो व्यवसाय हाम्रो लागि सहिमार्ग भएको छ ।

यसमा तपाइको मत

अन्तर्वार्ता बाट अन्य समाचार