व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर सिद्धार्थनगर १२ बैंकरोड साहु इम्पेक्सका प्रबन्ध संचालक शिवनाथ गुप्ता सँग लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी


१. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?
हाम्रो स्थानीय स्तरको कारोबार हो । हामीले स्थानीय र स्वदेशमा उत्पादन भएका फेन्सी कपडा प्राथमिकतामा राखेर कारोबार गर्ने गर्दछौ । ग्राहकको चाहाना अनुसार विदेशबाट आयत गरेर समेत व्यवसाय संचालन गरेका छौ । पछिल्लो समय देशमा छरिएको मन्दीले हामी पनि अछुत हुन सकेका छैनौ । जसका कारण व्यापार भने जस्तो अगाडि बढाउन कठिनाई भइरहेको छ । बैंक तथा बित्तिय संस्थाहरुको चर्को व्याज र जटिल प्रक्रियाले समेत व्यवसायी ऋण लिन समस्या परेको छ । तर पनि हामीले हिजो देखि संचालन र बिस्तार गरिरहेको व्यवसायलाई ग्राहकको माग बमोजिम आफ्नो भूमिका खेलिरहेका छौ ।

२. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
विभिन्न समस्याले ग्रसित अहिलेको व्यापार व्यवसायले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन महत्पूर्ण भूमिका खेलेको छ । हामीले पनि हाम्रो व्यवसायलाई समयको माग अनुसार अगाडि बढाउदै केही स्थानीय युवाहरुलाई समेत रोजगार दिएका छौ । जसका कारण समाजको बिकासमा हाम्रो क्षेत्रबाट पनि सकेको भूमिका निर्वाह भइरहेको छ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
हाल हाम्रो व्यवसायले परिवार पाल्न र शिक्षा स्वास्थ्यमा खर्च गर्न पुगेको छ । तर यसलाई हामी बिस्तार गरी भैरहवा क्षेत्रलाई आवश्यकता अनुसारको होलसेल बिक्रेताको रुपमा बिकास गर्दै जाने सोचमा हामी रहेका छौ । व्यवसायमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने व्यवस्थापनका साथ हाम्रो भावी योजना अगाडि बढेको छ ।

४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
व्यवसाय गर्दा प्रशासनिक देखि विभिन्न क्षेत्रबाट कठिनाहरु त झेल्नु नै परेको छ । जिन्दगी भनेकै दु ः ख सुखको संगम हो । हाम्रो पेशा भनेकै ग्राहकहरुलाई सन्तुष्टि गराउनको लागि उनीहरुको चाहाना इच्छा र तत्परता बुझेर आफ्नो सामान बिक्री गर्ने हो । त्यसैले हामी आफूमा परेका समस्याहरुलाई समाधान गर्दै ग्राहकको चाहाना अनुसार व्यवसाय र आफुलाई परिमार्जन गर्दै अगाडि बढेका छौ ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
मेरो व्यवसाय परम्परागत व्यवसाय हो । हिजो बुवाले गरिरहेको व्यवसाय भएकोले मैले पनि त्यही व्यवसाय गरी रहेको छु । प्राय हाम्रो समुदायको मुख्य लक्ष्य व्यापार व्यवसाय भएकोले मैले पनि त्यही व्यवसाय रोजेको हुँ । हामीले आफ्नो व्यवसाय बाट गर्ने अपेक्षा भनेको ग्रहकहरुलाई सन्तुष्टि बनाउने व्यवसायको आपसी मर्यादा इमान्दारीता र आफ्नो ब्राण्डलाई बचाइ राख्ने हो । हामीले यी सुत्रहरुलाई परिपालन गरेर अगाडि बढ्ने भएकाले हालसम्म व्यवसाय सोचे जस्तो नभए पनि ठीकै चलिरहेको छ ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
मैले अगिनैै भनी सके, हाम्रो व्यवसाय परम्परागत समुदायले गर्ने व्यापार व्यवसाय हो । सुखी नेपाली र समृद्ध नेपालको अभियानमा हामी पनि एक हिस्सेदार भएकाले राज्यको अर्थतन्त्रलाई सबल बनाउन उद्योग व्यवसायहरुलाई प्रबर्धन र संरक्षण गर्न सरकारले पनि पहल गर्नु पर्दछ । व्यापार व्यवसायीको क्षेत्रबाट नेपाललाई बिकसित देशको रुपमा बिकास गर्न हामीलाई सबै क्षेत्रको खाँचो र चासो हुनुपर्दछ ।

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य समाचार