सफा नेपालको अभियानमा गैर आवाशिय नेपाली


कमल रायमाझी

भैरहवा, २५ फागुन । गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिले नेपालमा रहेका विमानस्थलहरुको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ ।


भैरहवामा पत्रकारहरु संग छलफल गर्दै गैर आवाशिय नेपाली संघका सफाई संयोजक खेम शर्माले पश्चिम देखि पूर्व सम्मका, दक्षिणदेखि उत्तरसम्मका विमानस्थलको भ्रमण गरी सफाई अभियानलाई व्यवस्थित रुपमा अगाडि बढाएको बताउनुभयो ।
संयोजक शर्माले धनगढी देखि सुरु भएको विमानस्थलको सरसफाई अभियान नेपालगञ्ज र शनिबार भैरहवा आइपुगेको र आईवार पोखरा हुदै चितवन, सिमरा, जनकपुर, विराटनगर बाट त्रिभुवन विमास्थलसम्मको अध्ययन अनुगमन गरिने बतानुभयो । उहाँले सफा नेपालको अभियानलाई मुख्यतया चार स्वरुपमा ढालेर अगाडि बढाइने पत्रकार भेटघाटका जानकारी दिनुभयो ।
चार स्वरुप अन्तर्गत पहिलो दक्ष र तालिम प्राप्त कर्मचारीको व्यवस्था गरिने, दोस्रो स्वास्थ्य र सुरक्षाको लागि प्राथमिकतामा राखिने, तेस्रो प्रणालीलाई व्यवस्थित गर्ने र अन्तिम सही प्रविधिको प्रयोगलाई अगाडि बढाइने रहेको छ ।
नेपालमा सरसफाईको अभियानलाई अगाडि बढाउन पशुपति मन्दिर क्षेत्र अन्तराष्ट्रिय विमानस्थल वाग्मती नदी सफाई र बीर अस्पतालको सफाई गरेर सुरुवात गरिएको शर्माले भन्नुभयो ।
अव नेपाल पर्यटन तथा उड्यन मन्त्रालयसँग सम्झौता र सहकार्य गरेर गैर आवाशिय नेपाली संघले यहाँका विमास्थलहरुको १५ दिने लामो स्थलगत भ्रमण गरी सरसफाई अभियानलाई व्यवस्थित बनाउन लागेको सफाई अभियानका संयोजक शर्माले जानकारी दिनुभयो ।
कुनै पनि देशको बिकासको मापन भनेको त्यस देशको भौतिक संरचना भन्दा पनि सरसफाई महत्वपूर्ण भएकोले नेपाललाई पनि सफा र सुन्दर देशको रुपमा बिकास गर्न गैर आवशिय नेपालीहरुले अभियान सुरु गरेको शर्माले बताउनुभयो । उहाँले यस अभियानमा सबै नेपाली सकरात्मक रहेकोले यो कार्य सफल हुनेमा आफु बिश्वस्त जानकारी दिनुभयो ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार