समरिमाईको कोरोना अभियान तिब्र


असलम खान

समरीमाई, फागुन । विश्वव्यापी रुपमा चुनौती सृजना गरेको कोरोना भाईरस(कोबिड१९) बाट बच्न भारतसँग सीमा जोडिएको नेपाली गाउँगाउँमा सचेतना अभियानलाई समरीमाई गाउँपालिकाले तीब्र पारेको छ ।


जिल्लाको दक्षिणी क्षेत्र मर्चवारका सबै सिमाक्षेत्रमागाउँपालिकाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अभियानमा प्रदेश सभा सदस्य अस्ठभुजा पाठकले कोरोना भाईरसको विरुद्ध सबै एक भएर लाग्नुपर्ने बताए । उनले रोग भित्रिनु भन्दा पहिले स्थानिय सरकारले थालेको सचेतना अभियान उपलब्धिमुलक हुने बताए ।
समरिमाई गाउपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ला बब्लुले कोरोना संक्रमण शुरु हुनुभन्दा अगाडि नै पालिकामा स्वास्थय अभियान शुरु गरिएको बताए । उनले भने, “ पालिकाका हरेक जनप्रतिनिधि, स्वास्थय कारयकर्ता, शिक्षक र कर्मचारि घरघरमा कोरोना सम्कन्धमा सचेतना लिएर पुग्नुस् । “
अध्यक्ष शुक्लाले समरिमाईमा अबदेखि एक अर्का भेट हुदा हात मिलाउने भन्दा नमस्कार बानिको बिकास गर्नुपर्ने बताए । कार्यक्रममा कुमारि प्रियंका सिंह शाहिले हर घरघरमा कोरोना सम्बन्धमा सजगता जरुरि रहेको बताईन् । गाउपालिकाको आयोजनामा फरेनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै स्वास्थय कार्यकर्ता मान बहादुर कुवरले कोरोनाले संसारलाई हलचल बनाएको बताउदै सचेत रहन आग्रह गरे । उनले भने, “ संसारको सबैभन्दा खतरनाक यो भाईरस विगतमा पशुबाट मानवलाई आक्रमण गर्ने गरेता पनि यतिबेला मानवबाट मानवमा सरिरहेको छ “
गाउँस्तरमा जोखिम भएकोले सचेतना बढाउन जरुरी रहेको विपद् व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष जगन्नाथ यादबले बताए । पत्रकार महासंघ सहसचिब कमल रायमाझीले रोग लाग्नुभन्दा पहिले नै सचेतना व्यापक बढाउन स्थानीय सरकार लाग्नुपर्ने बताए ।
असुरैना, रोहिनिहवा, बेतकुइयाँ, जिगना, करौता, थुमहवा पिपरहवा, मुडिला, फरेना, भैसागहन, बिजगौरि, मर्चवार बनगाई लगायत गाउँ रहेका छन् । समरिमाईमा ६ वटा स्वास्थय चौकि रहेका छन । जनसंख्या करिब ४२ हजार रहेको छ । समरिमाई गाउपालिकाको रुदलापुरदेखि मुडिलासम्म करिब ८ किलोमिटर क्षेत्र भारतको ठोटरि नाकासंग सिमा जोडिएको छ । भारतमा कोरोना भाईरसको संक्रमणमा परि २८ जनालाई कोरोना भाईरस भईसकेपछि खुल्ला सिमानासंग जोडिएको सिमा क्षेत्रमा त्यसको खतरा बढेर गएको छ । यसैबिच कोटहिमाई गाउपालिकाले सिमावर्ति कदमहवा पनि सचेतना मुलक अभियान शुरु गरिसकेको छ ।
यसैबीच समरीमाइ गाउँपालिकाले १५ जना पत्रकारहरुलाई सम्मान समेत गरेको छ । नगद, खादा र मायाको चिनो सहित गाउपालिकाको विकास र समृद्धिमा पत्रकारिताको क्षेत्रबाट योगदान पुराएकाहरुलाई सम्मान गरिएको पालिकाका प्रशासकीय अधिकृत टेकराज भट्टराईले बताए ।
पालिकाले पालिकामा काम गरेर विदाई भएका कर्मचारीलाई ससम्मान विदाई र नवआगन्तुक कर्मचारीलाई स्वागत समेत गरेको मर्चवारका स्थानिय पत्रकार जैस मोहमद खाँनले बताए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार