मर्चवारीको सिमा हेल्थ डेक्स


असलम खान
मर्चवार, २५ फागुन । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने मर्चवारको कोटहीमाई गाउपालिकाले कदमहवा भारतको सिमामा कोरोना भाइरस सचेतना सहायता कक्ष को स्थापना गरेको छ।


सशस्त्र प्रहरी बल बिओपी मझगावा र कोटहीमाई गाउपालिका को संयुक्त आयोजनामा स्थापना भएको हो ।
सहायता कक्षको उद्घाटन गर्दै कोटहीमाई गाउपालिका प्रमुख चन्द्र भूषण यादवले सबैलाई सचेत रहने,सरसफाइमा ध्यान दिने,भिडभाड भएको ठाउमा नजाने,सक्दो सधैं माक्सको प्रयोग गर्ने र आपसमा हाथ नमिलाई टाढै बाट नमस्कार गर्ने आग्रह गरेका छन्। सहायता कक्षको उद्घाटन को कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल बि।ओ।पी।मझगावा का प्रहरी निरिक्षक अनिल थापाले मित्र राष्ट्र भारतको नौतनवा लगायतका विभिन्न घुइँचो हुने स्थानमा अनावश्यक रुपमा नजान सबैलाई आग्रह गरेका छन। उनले भारतमा कोरोना भाइरसको संक्रमण बढी रहेको त्यसबाट कसरी बच्ने भन्ने कुराको चेतना फैलाउने मुख्य उदेश्यका साथ यो सहायता कक्षको स्थापना गराएको जानकारी गराए। सहायता कक्षमा सशस्त्र प्रहरी बलका जवान,स्वास्थ्य कर्मी द्वोरा सीमाना पारीबाट आउने र जानेलाई पर्चा पम्पलेट बाडी रोगबाट बचने कुरा सिकाउने थापाले बताए। गाउपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर कुवरले विश्र्वभरी मा फैलिरहेको कोरोना चिनबाट सुरु भएको हो यो रोग जनावर बाटनै आएको अहिले श्वास,प्रस्वास बाट सजिलै मानवजाती मा फैलिरहे को बताए।

यसमा तपाइको मत

स्वास्थ्य बाट अन्य समाचार