युनिभर्सलमा शुभकामना


लुम्बिनीखबर
युनिभर्सल पब्लिक हाई स्कुल, सि.न.पा.– ८ अञ्चलपुरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । एस.ई.ई (माध्यमिक शिक्षा परीक्षा) २०७६ मा सहभागी हुने विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच शुभकामना दिइएको थियो /

कक्षा ९ मा अध्ययनरत छात्र छात्राको आयोजनामा सम्पन्न शुभकामना कार्यक्रममा कक्षा १० का छात्र छात्रा एवम् शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । चिल्हियाको बाउन्न कोटीमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य एवम् गीतको आयोजना गरिएको थियो । कार्यक्रममा कक्षा ९का विद्यार्थीले सम्मmना स्वरुप कक्षा १० का विद्यार्थीलाई मायाको चिनो उपलब्ध गराएका थिए भने १० का विद्यार्थीले विद्यालय,शिक्षक र आयोजक विद्यार्थीहरुलाई सम्मmनाको चिनो उपलब्ध गराएका थिए ।
कक्षा ९ का छात्र अभय वि.क. को सभापतित्व, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री देवी गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा १० का छात्र कृष्ण निषादले आफ्नो विद्यालयमा रहँदाको १३ वर्षको अनुभव कविता मार्फत सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि देवी गुरुङले विगतमा फलामे बारको रुपमा लिइने एस.एल.सी. परीक्षालाई केही वर्षदेखि जिपिएका आधारमा मूल्याङ्कन गर्न थालिएपछि केही सहज भएको महशुस गरेता पनि यसले गुणस्तरमा भने ह्रास आएको बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि विद्यालयका प्रबन्ध निर्देशक गोकुल पोखरेल र प्रिन्सिपल चन्द्रप्रकाश न्यौपानेले एस.र्ई.ई मा सहभागी हुने विद्यार्थीलाई शुभकामना व्यक्त गरेका थिए । कक्षा ९ का छात्राहरु नेहा पाण्डे र अस्विना चौधरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कक्षा ९ का छात्र रोशन के.सीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार