व्यवसायीसँग लुम्बिनीखबरको ६ प्रश्न


नेपालको अर्थतन्त्रलाई सबल र सक्षम बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ । उद्योग व्यवसायको कारण देशले आर्थिक क्रान्ति गर्ने बाटोतिर लम्किरहेको देखिन्छ । स्थानीय क्षेत्रको बिकास रोजगारीमा वृद्धि र आम नागरिकहरुको जीवनस्तर उकास्ने कार्यमा समेत उद्यमी व्यवसायीको महत्व रहेको छ । यसैलाई मध्यनजर गरेर सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित कुमार अग्रवाल सँग  लुम्बिनीखबर पत्रिकाले गरेको कुराकानी


१. देशको अर्थतन्त्रलाई सबल बनाउनको लागि यहाँको व्यवसायले कस्तो भूमिका खेलेको छ ?

हाम्रो पेशा भनेको व्यापार व्यवसाय हो । हाम्रो समुदायले नेपालमा सानादेखि ठूला उद्योग तथा व्यापार सञ्चालन गरेका छन् । जसका कारण नेपालको अर्थतन्त्रलाई अग्रगमनमा हिडाउनको लागि हाम्रो भुमिका महत्वपूर्ण देखिन्छ । म आफू आवद्ध सिद्धार्थ सिमेन्ट उद्योग पनि पारिवारिक लगानीमा सञ्चालित उद्योग हो । यस उद्योगबाट हामीले देश बिकास निर्माणको लागि सिमेन्ट उत्पादन गरी सहयोग पुराएका छौ । ठूलो मात्रामा राजस्व सरकारलाई बुझाउने र बेरोजगारी युवाहरुलाई रोजगारी दिने हाम्रो व्यवसाय पर्दछ ।

२. यहाँले सञ्चालन गरेको व्यवसायी प्रतिष्ठानको अवस्था कस्तो रहेको छ ? स्थानीय क्षेत्रमा यस प्रतिष्ठानले कति जनालाई रोजगारी दिएको छ ?
हामीले सञ्चालन गरेको उद्योग हाल मन्दगतिमा अगाडि बढेको छ । देशको अर्थतन्त्र सुस्ताएको कारण हाम्रो उद्योग पनि सुस्ताएको हो । अहिले हाम्रो उद्योगले १५० जनालाई रोजगार दिई उनीहरुको परिवार पाल्ने गरेको छ । गाउँगाउँमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिदै गर्दा उद्योगसँग अप्रत्यक्षरुपमा जोडिएका ढुवानी चालक तथा व्यवसायी सिमेन्ट विक्रेता देखि लिएर ओसारपसार गर्ने लेबरलाई समेत उद्योगले रोजगार दिएको छ ।

३. हाल सञ्चालनमा रहेको यहाँको व्यवसायीले कस्तो सफलता प्राप्त गरेको छ र भावी योजना के छ ?
हामीले सञ्चालन गरेको व्यवसायले विगतमा सफलता प्राप्त गरे पनि राज्यका कारण अहिले सुस्ताएको छ । विगतमा जस्तै राज्यलाई राजस्व तिरिरहेका छौ । वेरोजगारी नेपालीहरुलाई रोजगार पनि दिएकै छौ । तर राज्यले व्यवसायीको पक्षमा काम नगरीदिदा अहिले हामी लगायत धेरैको व्यवसाय ओरालो लागेको छ । राज्यको तर्फबाट उद्योग व्यवसायलाई चलायमान र अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्नका लागि सरकारसँग सही नीति र नियम बनाउन हामीले डेलिकेसन समेत गरेका छौ । आशा गरौँ राज्यले व्यवसायीको सफलताका लागि केही कदम चाल्ने छ ।

४. व्यवसाय सञ्चालन गर्दा यहाँलाई कस्ता कस्ता कठिनाई झेल्नु परेको छ ? यसको न्यूनीकरण कसरी गर्नु भएको छ ?
व्यवसाय सञ्चालन गर्दा कठिनाइहरु त झेल्नु पर्छ नै । हिजोको दिनमा व्यापार व्यवसाय गर्न सहज भयो । आज हामीले उद्योग सञ्चालन गर्नका लागि बैंक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्न हिचकिचाकाउछन् । सामान आयात निर्यातमा कठिनाई छ । नेपालमा उद्योग सञ्चालनका लागि प्राविधिकहरु नपाइने हुँदा अर्को समस्या छ । त्यस कारण हामीले १५ वर्ष देखि सञ्चालन गरिरहेको यो सिमेन्ट उद्योग अगाडि बढाउन धेरै समस्याहरु भ्mेल्नु परेको छ । सरकारले व्यवसायी तथा उद्योगपतिहरुको समस्यालाई बुझेर नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन आर्थिक नीतिलाई सरल र सहज बनाउनु पर्छ । हाम्रो पहल पनि भईरहेको छ । व्यवसायको अपेक्षा पनि उद्योग मैत्री अर्थनीति हुनुपर्छ ।

५. यो व्यवसायी सुरु गर्नुको लक्ष्य के हो र व्यवसाय सुरुवात पछि यहाँको अपेक्षा पुरा भएको छकि छैन ?
हाम्रो परम्परागत व्यवसाय भनेको उद्योग व्यापार सञ्चालन गर्नु हो । म आफ्नो अध्ययन पुरा गरेपछि परिवारको छलफल, सल्लाह लिएर र सहकार्य गरेर नै यो उद्योग सञ्चालन गर्न आइपुगेको हुँ । देशको अर्थतन्त्रलाई सबल बनाउनु र आफ्नो लक्ष्य पुरा गर्नको लागि यो उद्योग सुरु गरिएको हो । उद्योग सुरुवात पछि यहाँले भने जस्तै केही अपेक्षाहरु त पुरा भए केही हुँदै छन् । यसको निरन्तरता चलिरहेको छ ।

६ . यहाँले यो व्यवसाय नै रोज्नुको कारण के हो ?
हाम्रो देशलाई सबल बनाउनको लागि अर्थतन्त्र बलियो हुन पर्छ । बलियो अर्थतन्त्रले देशलाई समृद्धिको बाटोमा डो¥याउछ र त्यस देशका जनताहरुको पनि देशको आर्थिक प्रगतिसँग तुलना गरिन्छ । त्यसै कारण हामीले राज्यको विकास र समृद्धिको लागि यो पेशा अपनाएका हौँ ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार